नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार नाघ्यो

,   लिम्बुवान खबर
                       

दमक। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५ हजार २ सय ७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेकाे नियमित प्रेसमिट अनुसार इलाममा १, उदयपुर ३, ओखलढुङ्गामा २ झापामा ७, माेरङमा ३५,  सुनसरीमा २०, धनुषामा ७,  पर्सामा १०,  बारामा १३, महाेत्तरीमा २६, सप्तरीमा २०, सर्लाहीमा १७, सिरहामा ४१, काठमाडौँमा ३२६, काभ्रेमा ६, चितवनमा ४५, दाेलखामा ६,  धादिङमा १०, नुवाकोटमा १, भक्तपुरमा ४५, मकवानपुरमा ३५, रामेछापमा ५, ललितपुरमा ३७, र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कास्कीमा २३, गोरखामा १७, तनहुँमा ३, नवलपरासीपूर्वमा ५, पर्वतमा  १, लमजुङमा २२, बागलुङमा ६, स्याङ्जामा ३, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ६, दाङमा ३९, नवलपरासीमा १३, पाल्पामा ३, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा ६२, रुपन्देहीमा ७१, रोल्पामा १, जाजरकाेटमा ३, दैलेखमा ३, सल्यानमा २, कञ्चनपुरमा ५, कैलालीमा ४, डडेल्धुरामा १, डोटीमा २ र बझाङमा १६ कोरोना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार १ हजार ५ सय ६६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २७ हजार १ सय २७ पुगेको छ।

देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८ सय ७० रहेको छ। हाल क्वारेन्टिनमा ६ हजार ५ सय ६१ जना रहेका छन् ।

सम्बन्धित समाचार

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

;