द भोइस अफ नेपालका फाइनलिस्ट बिकासको ‘पहिलो नजर’ सार्बजनिक (भिडियो सहित)
आइतबार, २१ भदौ, २०७७ बिहानको ०३:२७ बजे,
आन्छुमे नसान
आन्छुमे नसान
द भोइस अफ नेपाल सिजन दुईका टप ४ फाइनलिस्ट विकास लिम्बुको सुमधुर आवाजमा सजिएको बिल्कुलै नयाँ गीत ‘पहिलो नजर’ को म्यूजिक भिडियो सार्बजनिक गरिएको छ ।
गीतकार ध्रुब के सीको शब्दभावहरुमा गायक तथा संगीतकार सुरज तामाङको संगीत रहेको गीतको भिडियो गायक बिकासकै अफिसियल युट्यूब च्यानल विकास लिम्बू मार्फत सार्वजनिक गरिएको हो ।
बिकास लिम्बू र बृक्षा लिम्बुको अभिनय रहेको भिडियोलाई सुरज तामाङले निर्देशन गरेका हुन् ।
देबेश राईको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई आफ्नै स्टुडियो काठमाण्डौमा रेकर्ड गरिएको हो ।
बिद्मयार्थी जिवनको प्रेमलाई प्रस्तुत् गरिएको भिडियोमा रोहित लम्गादेको सृङगार र योगेश दहालको छायाँकन तथा सम्पादन गरेका हुन् ।
अर्जुनधारा झापामा छायाङकन गरिएको भोइस अफ नेपाल सिजन दुईका टप ४ बन्न सफल विकास लिम्बुको यो पहिलो अफिसियल भिडियो हो ।
दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...
ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...
दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...
दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...