तानियो राताे मत्स्येन्द्रनाथको रथ

 लिम्बुवान खबर
                       

ललितपुर । काेराना भाइरस (काेभिड-१९)काे महामारीले संसार नै तहसनहस भएसँगै नेपालमा पनि लकडाउन गरिएपछि चैतदेखि रोकिएको राताे मत्स्येन्द्रनाथको रथयात्रा आइतबार विधि पूवर्क शुरू गरिएको छ ।

निषेधाज्ञाको समयमा ललितपुर प्रवेश गर्ने सबै नाका सिल गरेर करिब साढे ४ सय व्यक्तिको सहभागितामा रथयात्रा गरिएको हो ।

रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनका अनुसार हाल गाःबहालमा रहेकको मीननाथको रथलाई २० मिटर जति तानेर सोह्रखुट्टे पाटीसम्म पुर्‍याइएको छ ।

रथयात्रामा सहभागी सबैले मास्क लगाएका थिए भने एकै रङको टिसर्ट लगाएका थिए । धेरैले फेस सिल्ड पनि लगाएका थिए । रथयात्राका क्रममा बाक्लो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

कोरोना भाइरसको महामारीका कारण यसवर्ष छोटो रुपमा जात्रा सक्ने तयारी छ । जात्रामा ठूलो भिड हुने र त्यसले कोरोना संक्रमण फैलिने जोखिम भएको भन्दै गत चैतदेखि जात्रा रोकिँदै आएको थियो । तर जात्रा गर्ने समय घर्किनै लागेको र असोज २ देखि मलमाससमेत सुरु हुने भएपछि स्थानीले छोटो प्रक्रियाबाट रथ यात्रा गर्न दिनुपर्ने माग गर्दै आएका थिए ।

तर समयमा रथयात्राको उचित विकल्प पहिल्याउन नसक्दा स्थानीय युवाहरुले संस्कृित जाेगाउनकाे प्रशासनले निषेधाज्ञाका बाबजुद रथ तानेका थिए । त्यसपछि कर्फ्यू लगाएर क्षमा पूजा गरी रथयात्रा छिटो टुंग्याउने बाटो खोजिएको थियो ।

अब ललितपुरवासीले आइतबार (आज) ‘छ्वयलाभू’ र सोमबार (भोलि) ‘भुज्या’ मनाउनेछन् । साइत हेर्ने काम पनि सोमबार नै हुनेछ । साइत प्राप्त भएको दिन (सम्भवतः भदौ २६ गते) रातो मच्छिन्द्र नाथलाई बुंगमति प्रस्थान गराइने महर्जनले जानकारी दिए । यससँगै वर्षा र सहकालका देवता मानेर पुजिने रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न हुनेछ ।

यसअघि रथ तान्दै नगर परिक्रमा गराउने क्रममा रथ जुन ठाउँमा रोकियो, त्यही ठाउँका बासिन्दाले मात्र छ्वयलाभू र भुज्या मनाउने गर्दथे । तर यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण रातो मच्छिन्द्र नाथको सबै विधि प्रक्रियाहरु हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने जात्रा संयोजक महर्जनले बताए ।

रथ तान्ने दिन आइतबार ललितपुर प्रवेश गर्ने बालकुमारीदेखि बल्खुसम्मको सबै क्षेत्र प्रशासनले सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी र मत्स्येन्द्रनाथको जात्रासँग सरोकार राख्ने विभिन्न संघसंस्थाका पदाधिकारीबीच भएको छलफल अनुसार सीमित व्यक्ति भेला भएर रथ तान्नका लागि जिल्ला प्रवेश गर्ने क्षेत्र सिल गरिएको थियो ।

तर, प्रशासन स्रोतबाट प्राप्त विवरण अनुसार सीमित भनेर तयार गरिएको सूचीमा ४ सय ३४ जना थिए । स्रोतका अनुसार १६० जना रथ तान्ने, १२४ जना स्वयंसेवक, २८ जना बाजागाजा बजाउने समूह र ज्यापु समाजका विभिन्न पदाधिकारी १२२ जना गरी ४ सय ३४ जना भेला भएर रथ तानिएको हो । (स्राेतबाट)

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...