रथयात्राको क्रममा पक्राउ गरिएका नेवाः अभियन्ताहरुलाई तुरुन्त रिहा गर्न सरकारसँग माग

 लिम्बुवान खबर
                       

काठमाडौं। भदौ १८ गते ललितपुरको पाटन पुल्चोकमा नेवाः समुदायको परम्परागत मच्छिन्द्रनाथको रथयात्रा शुरु गर्ने क्रममा नेपाल सरकारले नेवाः अभियन्ताहरुलाई पक्राउ गरेको प्रति आपत्ती जनाउँदै पहिचानवादी १० राजनैतिक दलले एक विज्ञपित आज प्रकाशित गर्दै तुरुन्त रिहा गर्न सरकारसँग माग गरेको छ ।

नेवा अभियान्ताहरुः असोज महर्जन, यादवलाल कायस्थ, महेश बज्राचार्य, पृथबिन्दु महर्जन, रवि शाक्य, रविन शाक्य, सुबिन शाक्य, ध्रुुवराज बज्राचार्य, श्याम श्रेष्ठ लगायत पक्राउ गरिएकाहरुलाई तुरुन्त रिहाई गर्न पहिचानमा आधारित संघीय गठबन्धनले माग गरेको हो । शताब्दीयौं देखि चलिआएको रथयात्रालाई कसरी व्यवस्थापन गर्ने भनेर सरकारले सम्बन्धित समुदायसँग कयौं चरणको छलफल, बहस, सहमति गरेर निश्कर्ष निकाल्नुको सट्टा नेवार समुदाय माथिको चरम विभेद गरिएको प्रति गठबन्धनले विज्ञप्ति मार्फत खण्डन गरेको छ । आदिवासी नेवार समुदायको सांस्कृतिक परम्परालाई बर्तमान सरकारले शक्तिले मात्तिएको मत्ताहात्तीको रुपमा प्रस्तुत भई केही असहज वातावरण बनेको हुदाँ उक्त असहजतालाई प्रशासन र सम्बन्धित नेवाः समुदायहरु बसेर समाधान गर्नु पर्नेमा पक्राउ गरिएका नेवाः अभियन्ताहरुलाई खोकना प्रतिरोध, सडक बिस्तार पीडित आन्दोलनको बिषयहरु जोडेर यातना दिने, मुद्दा हाल्ने, आफन्तहरुलाई भेट्न नदिनेजस्ता अति निन्दनीय कार्य नेपाल सरकारले गरिरहेको हुँदा सरकारको यस्ता घृणित कार्यको गठबन्धन घोर भत्र्सना गर्दै विज्ञप्ति प्रकाशन गरेको बताइएको छ ।
विज्ञप्तिमा पक्राउ गरिएका नेवाः अभियन्ताहरुलाई विनाशर्त तुरुन्त रिहा गर्न आग्रह गर्दै नेवा समुदायलाई दबाउने हर्कत नेपाल सरकारले जारि राखेमा नेवाः समुदायको आन्दोलनमा साथ दिन लिम्बुवान, खम्बुवान/किरात, शेर्पा, तामाङसालिङ, मधेश, तमुवान, मगरात, खसान, थरुहट, दलित शिल्पी समुदाय १०+१ प्रान्तहरु तयार रहेको चेतावनी सरकारलाई दिएका छन् ।

विज्ञप्ति पहिचानमा आधारित १० वटा राजनैतिक दलहरु नेपाः राष्ट्रिय पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, खशान राष्ट्रिय संघर्ष समिति, नेपाल राष्ट्रिय परिषद, नेपाल लोकतान्त्रिक पार्टी, आदिवासी जनजाति पार्टी, नेपाल, थरुहट थारुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मगरात सघर्श समित र तराइ मधेश रास्ट्रीय परिषदले जारी गरेका हुन् ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...