असाेज १ बाट सार्वजनिक सवारी नखोले आफैं चलाउँछौं–महासंघ

 लिम्बुवान खबर
                       

काठमाडौं । यातायात व्यवसायीहरुले जतिसक्दो छिटो सबै खालका सार्वजनिक यातायात खोल्न माग गरेका छन् । यातायात व्यवस्था विभागमा धर्ना दिन पुगेका यातायात व्यवसायी राष्टिय महासंघ तथा विभिन्न कम्पनीका प्रतिनिधिहरुले असोज १ गतेबाट स्थानीयसँगै लामो दूरीमा चल्ने सवारी नखोलिए सरकारी निर्णय अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले ७ महिनादेखि गाडी थन्काएर बस्नुपर्दा जीविकोपार्जन मै समस्या परेको र ऋण तिर्न नसक्ने अवस्था आएको भन्दै सरकारले अब सतकर्ता अपनाएर सवारी खोल्न माग गरेका हुन् ।

व्यवसायीले स्वतःस्फुर्त रुपमा सवारी चलाउने अवस्था आउनसक्ने चेतावनी दिएका छन् । विभागको अघि धर्ना दिन पुगेका व्यवसायी रामकृष्ण भण्डारी अब बन्द सहन नसकिने भन्दै अवज्ञा आन्दोलन थाल्ने बताउँछन् ।

यातायात व्यवसायीले आफूहरुको समस्याबारे सरकारलाई झकझकाउन थालेका छन् । सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष होमप्रसाद अधिकारी यातायात व्यवस्था विभागका महानिर्देशकसँग सरकारले विगतमा आफूहरुको माग पुरा गर्न जनाएको प्रतिवद्धता स्मरण गराएको बताउँछन् ।

‘विगतमा पुरा गर्ने भनिएका प्रतिवद्धता अधुरै रह्यो,’ उनी भन्छन्,’ यातायात क्षेत्रलाई सरकारले उपेक्षा गरेकोले अब तुरुन्तै राहतको कार्यक्रम ल्याउन माग गरेका छौं । ‘ उनले महासंघले भने गाडी खोल्ने निर्णय गरिनसकेको बताए ।

‘सरकारले नखोले आफैं खोल्छौं भनेर पीडित कम्पनीहरुले भन्नुभएको छ,’ उनी भन्छन्,’महासंघले पनि बिहीबार बैठक बसेर यसबारे औपचारिक धारणा तय गर्छ ।’

त्यसैगरी विदेशबाट आएका यात्रुलाई होल्डिङ सेन्टरबाट जिल्लाहरुमा लैजाँदा ठगीबारे पनि ध्यानाकर्षण गराएको उनले बताए । केही व्यवसायीलाई मात्रै पहुँचका भरमा यस्ता यात्रु ओसार्न सुविधा दिएको भन्दै महासंघले त्यस्तो सिन्डिकेट खारेज गर्न माग गरेको छ ।

त्यसलाई सम्बोधन गर्ने गरी विभागले बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै पहिलो आउनेलाई प्राथमिकता दिने गरी यात्रु ओसार्न र तोकिएको भन्दा बढी यात्रु नराख्न र बढी भाडा नदिन सचेत गरएको छ ।

त्यसैगरी महासंघले निजी सवारीले भाडा उठाएर यात्रु ओसारिरहेकाले त्यसलाई रोक्न पनि माग गरेको छ ।

सम्बन्धित समाचार

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

चुम्लुङकाे ३८औं स्थापना दिवस: झापामा छात्रवृत्ति वितरण तथा विभिन्न व्यक्तित्व सम्मानित

दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

;