कन्काइमा एकै घरका‌‌ १० जनामा कोरोना संक्रमण

 लिम्बुवान खबर
                       

झापा। झापाकाे कन्काइ नपामा एकै घरका १० सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। वडा नं. ३ स्थित एक घरका सम्पूर्ण सदस्यमा कोरोना पुष्टि भएको नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए।

झापामा एकैघरका यतिका सदस्यमा कोरोना पुष्टि भएको सम्भवत् यो पहिलो घटना हो । नगरप्रमुख पोखरेलका अनुसार १४ वर्षको नातिदेखि ८४ वर्षकी हजुरआमालाई समेत कोरोना पुष्टि भएको छ। घरमा सबैलाई कोरोना संक्रमित भएपछि कनकाई नगरपालिकाले होम‌ आइसोलेसनमा रहेकालाई घरमै खाद्यान्न सामग्री पुर्‍याएको छ। नगरप्रमुख आफैं खाद्यान्न सामग्री पुर्‍याएका हुन् ।

नगरप्रमुख पोखरेलले अस्पतालमा रहेकाका लागि पनि आवश्यक सामग्री पठाइएको बताए । कनकाई नगरपालिकामा कोरोनाबाट  सबैभन्दा बढी वडा नम्बर ३ प्रभावित भएको नगरपालिकाले जनाएको छ ।

कनकाई नगरपालिकामा हालसम्म ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ जना होम(आइसोलेसन, १ जना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र अर्का एक जना इलाम नगरपालिकाले स्थापना गरेको नगरस्तरीय आइसोलेसनमा रहेका नगरप्रमुख पोखरेलले बताए।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...