साइँला साइँली भन्दै छन् ‘गाउँघरै रमाइलो’ (भिडियोसहित)
शुक्रबार, २६ भदौ, २०७७ दिउँसोको ०२:४९ बजे,
लिम्बुवान खबर
झापा । चर्चित गीत ‘साइँली’बाट चर्चामा आएका जोडी हुन् गौरव र मेनुका अर्थात् ” साइँला साइँली” को जोडी यसपटक भने ‘गाउँघरै रमाइलो’ भन्दै भिडियोमा देखिएका छन् ।
गौरव पहारी र मेनुका प्रधानको अभिनय रहेको ‘गाउँघरै रमाइलो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । भिडियोलाई ओ.एस.आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।
साजन राईको आवाज रहेको गीतमा संगीत राईकै रहेको छ भने एरेन्ज सन्जीव बराइलीले गरेका छन् । आफ्नो देशप्रेम,देश प्रतिको माया , गाउँघरको झल्को दिने भावमा सुन्दर शब्दहरुले उनेर शब्द कोरेका छन् रमेश कार्कीले।
जिबन्त अभिनय गर्ने कलाकारको लिस्टमा आउने नाम हो मेनुका प्रधान र गौरब पहारी । धेरै वटा नेपाली चलचित्र र म्युजिक भिडियोहरुमा संगै देखिसकेका , दर्शकबाट सर्वाधिक रुचाइएका यी जोडी पुनः एकसाथ यस म्युजिक भिडियोमा देखिएका छन् ।
दुवै जनाको प्रेमिल अभिनयले गाउँघरको त्यो रमाइला पल,मेलापात र घाँसदाउरा गर्दै रमाइलो गरेको सुन्दर पल र सम्बन्धलाई महसुस गर्न सकिन्छ ।
भुपेन्द्र तुम्बाहाम्पेले खिचेको यस भिडियोको निर्देशन किरण चाम्लिङ राई र भुपेन्द्र स्वयंले गरेका हुन् भने अनिल रानाले सम्पादन गरेका हुन् । (भिडियो हेर्न तल क्लिक गर्नु होला )
ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...
दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...
दमक, ४ भदाैं । आदिवासी याक्थुङ्/लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ् चुम्लुङ् (कियाचु) को ३८ औं स्थापना दिवसको अवसरमा छात्रवृत्ति वितरण तथा विविध क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। शनिबार विर्तामोडस्थित कियाचु झापा शाखाको...
दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...