धनगढीमा सञ्चार गृहभित्रै पत्रकार कुटिएको प्रति महासंघको आपत्ति

 लिम्बुवान खबर
                       

धनगढी। स्थानीय युवाको एक समूहले शुक्रबार धनगढीस्थित दिनेश एफएमको कार्यालयभित्र प्रवेश गरेर पत्रकारहरूमाथि कुटपिट गरेको प्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

धनगढी–५ का १५ र २० जनाको समूहले एक्कासि सञ्चार गृहभित्र प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको प्रति आपत्ती जनाउँदै महासंघले विज्ञप्ति प्रकाशन गरेको छ ।

‘समाचार तुरुन्त डिलिट गर भन्दै समाचार कक्षभित्र हमला गरेका उक्त समूहले स्टेसन म्यानेजर, प्राविधिक कल्पना सिंहमाथि दुव्र्यवहार गर्नुका साथै सहायक सम्पादक जनकसिंह विष्टमाथि कुटपिट गरेको प्रति महासंघले खेद प्रकट गर्दै महासचिव रोशन विष्टले विज्ञप्ति प्रकाशन गरेका छन् ।

त्यसैगरी घटनाको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलाली, सुदूरपश्चिम प्रदेश समिति लगायत मानवअधिकार संघसंस्थाहरूले पनि आपत्ति जनाएका छन् । उनीहरूले सञ्चार गृह तथा सञ्चारकर्मीमाथि आक्रमणमा संलग्नलाई तत्काल कानुनी कारबाहीको माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी अनुपमशमशेर जबराले घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही हुने बताएका छन् ।

त्यसै गरी बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिँदै स्वागत गरेको छ ।

२०६४ असोज १८ गते बाराको डोढियापिपरा बजारबाट अपहरणमा परेका पत्रकार साहको हत्या गरी ३५ दिनपछि कात्तिक १८ गते बाराको डुमरवान–७ स्थित जंगलमा गाडिएको अवस्थामा शव फेला परेको थियो । १३ वर्षपछि हत्याका आरोपी पक्राउ पर्नुले ढिलै भए पनि कानुनी न्याय प्राप्त हुने र दण्डहीनताको अवस्था क्रमशः अन्त्य हुने विश्वास महासंघको छ ।

सशस्त्र द्वन्द्वयता तत्कालीन विद्रोही र राज्य पक्षबाट ३६ जना पत्रकारको हत्या भएको छ भने ४ जना पत्रकार बेपत्ताको अवस्थामा छन् । पत्रकारको हत्यामा संलग्नहरुलाई अहिले पनि कानुन अनुसार सजाय हुन नसक्दा पीडित परिवार र नेपाली सञ्चारक्षेत्रले न्यायको अनुभुति गर्न सकेको छैन् । पत्रकार हत्यामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउन, बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्ने र परिवारलाई न्याय दिलाउने कार्यमा महासंघ निरन्तर दबाब अभियानमा छ । महासंघ पत्रकारले हत्या र बेपत्ता बनाउने कार्यमा संलग्न दोषीहरुमाथि यथाशीघ्र कानुनी कारबाही गरी पीडित परिवार र नेपाली सञ्चार क्षेत्रलाई न्यायको अनुभूति दिलाउन सरकारसँग जोडदार माग गरेको छ ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;