हिमालय माध्यमिक बिद्यालयका शिक्षकको करेन्ट लागेर मृत्यु

 लिम्बुवान खबर
                       

दमक। २ स्थित हिमालय माध्यमिक बिद्यालयका एक शिक्षको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । झापाको शिबसताक्षी ८ निवासी ३५ बर्षिय शिक्षक महेन्द्र शेर्माको आज दिउँसो साढे ३ बजे स्थानिय होलिमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । करेन्ट लागेर गम्भिर भएका शेर्माको उपचारको लागी दमक स्थित लाइफ लाइन ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलका प्रहरी कार्यलय दमक प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतले जानकारी दिनुभयो ।

शेर्मा दमक २ स्थित हिमलय माध्यामिक बिद्यालयका अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो । सब पोष्टमार्टमको लागि दमक अस्पताला राखिएको प्रहरिले जनाएको छ ।

सम्बन्धित समाचार

कार्यालय समयमा टिकटक र फेसबुक चलाउने दमकका कर्मचारीलाई कारबाही गरिने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ। नगरपालिकाले एक सूचना जारी गर्दै कार्यालय समयमा सोसल मिडिया चलाउने कर्मचारीमाथि कानुनी कारबाही गरिने जनाएको हो।...

दमकमा असोज ५ देखि ५६ हजार नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाइने

दमक, १ असोज । झापाको दमक नगरपालिकाले आगामी असोज ५ गतेदेखि नगरका ३० वर्षमाथिका ५६ हजार ७ सय २८ नागरिकलाई जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप लगाउने भएको छ। लामखुट्टेको टोकाइबाट सर्ने यो गम्भीर रोगको जोखिम न्यूनीकरणका...

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

;