हिमालय माध्यमिक बिद्यालयका शिक्षकको करेन्ट लागेर मृत्यु

 लिम्बुवान खबर
                       

दमक। २ स्थित हिमालय माध्यमिक बिद्यालयका एक शिक्षको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको छ । झापाको शिबसताक्षी ८ निवासी ३५ बर्षिय शिक्षक महेन्द्र शेर्माको आज दिउँसो साढे ३ बजे स्थानिय होलिमा करेन्ट लगाइ माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । करेन्ट लागेर गम्भिर भएका शेर्माको उपचारको लागी दमक स्थित लाइफ लाइन ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलका प्रहरी कार्यलय दमक प्रमुख प्रहरी नायव उपरिक्षक बिजयराज पण्डीतले जानकारी दिनुभयो ।

शेर्मा दमक २ स्थित हिमलय माध्यामिक बिद्यालयका अङ्ग्रेजी शिक्षक हुनुहुन्थ्यो । सब पोष्टमार्टमको लागि दमक अस्पताला राखिएको प्रहरिले जनाएको छ ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...