आइतबार थप १ हजार ३९ जनामा कोरोना पुष्टि, १ हजार १७३ जना निको भए

 लिम्बुवान खबर
                       

झापा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनले जनाएकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका २, झापाका १, मोरङका ७१, सुनसरीका ३, धनुषाका १४, पर्साका ४, बाराका ४, महोत्तरीका ३, रौतहटका १, महोत्तरीका ३, रौतहटका १, सप्तरीका २, सर्लाहीका २२, सिराहाका ३, काठमाडौँका ४८३, काभ्रेका १, चितवनका २७, धादिङका ३४, नुवाकोटका ९, भक्तपुरका ८१, रामेछापका २, ललितपुरका ३३, सिन्धुपाल्चोकका १, कास्कीका ७, गोर्खाका ७, तनहुँका ७, नवलपरासीपुर्वका २०, लमजुङका २७, स्याङजाका ५, कपिलवस्तुका ४, गुल्मीका २, दाङका १, नवलपरासीका ८, पाल्पाका १, प्युठानका २, बर्दियाका ६१, बाँकेका १७, रुपन्देहीका ३१, जुम्लाका २, दैलेखका १, रकुमपश्चिमका १, सुर्खेतका ७, अछामका २, कञ्चनपुरका १४, कैलालीका ७, तथा डढेलधुराका ३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५  जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ। ६ हजार ५ सय ३६ जना क्वारेन्टिनमा छन्।

सम्बन्धित समाचार

केवलकार निर्माण खोरेजीको माग गर्दै जिल्ला प्रशासन ताप्लेजुङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । ताप्लेजुङको मुक्कुमलुङ निर्माणाधिन केवलकार निर्माण परियोजना खारेजीको माग गर्दै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमा ज्ञापनपत्र बुझाइएको छ । मुक्कुमलुङ ताङसेप चुम्भोको अगुवाईमा परियोजना खारेजको माग गर्दै जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको हो ।...

कियाचु दक्षिण कोरियाले २५औँ वार्षिकोत्सवमा “वसाङलुङ” विमोचन गर्दै ।

ललितपुर । दक्षिण कोरियामा क्रियाशील संस्था किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो २५औँ वार्षिकोत्सव तथा रजत जयन्ती समापन समारोह भव्य तथा विशेष रूपमा आयोजना गर्ने भएको छ । संस्थाका अनुसार उक्त महत्वपूर्ण कार्यक्रम आगामी १०...

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...