१ नं. प्रदेशमा थप ४६ जनामा काेराेना संक्रमण

,   लिम्बुवान खबर
                       

झापा। १ नं. प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४६ जना नयाँ संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितमा विराटनगर सहित मोरङका ४१, खोटाङ, उदयपुर र झापा १/१, प्रदेश बाहिरका दुई जना रहेका छन् । प्रदेशमा पाँच सय ४७ जनाको पीसीआर परीक्षण हुँदा २० महिला र २६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

भेटिएका संक्रमितमा सबैभन्दा बढी विराटनगरमा १८ महिला र २० पुरुष गरेर ३८ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । विराटनगर कोरोना संक्रमणबाट १ नं. प्रदेशमा सबैभन्दा बढी प्रभावित स्थानीय तह हो । विराटनगरमा हालसम्म संक्रमित संख्या एक हजार चार सय दुई जना पुगेको छ । १७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
विराटनगरबाहेक मोरङको धनपालथानमा दुई र कटहरीमा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । खोटाङको साकेला गाउँपालिकामा एक पुरुष, उदयपुरको स्थानीय तह नखुलेका एक पुरुष, झापाको शिवसताक्षीकी एक महिला र प्रदेश बाहिरका एक महिला तथा एक पुरुषमा कोरोना देखिएको जानकारी मन्त्रालयले दिएको छ ।
१ नं. प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या चार हजार सात सय ४२ पुगेको छ ।अहिलेसम्म एक लाख सात हजार पाँच सय ३३ जनाको पीसीआर परीक्षण हुँदा एक लाख दुई हजार सात सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

१ नं. प्रदेशमा उपचारपछि निको भएर आइतबार सात जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन् । प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या दुई हजार ६३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;