दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
सिंगापुर पुलिससँग तीन महिनाअघि मात्र विवाह गरेकी सुनिहाङ्मा लिम्बूले गत साेमबार धरानमा आत्महत्या गरेकी भनिएकाे घटनामा बारेमा सामाजिक सञ्जालमा अनेक टिप्पणी आइरहेकाे छ । लिम्बूकाे हत्या गरिएकाे हाे कि ? भन्ने काेणबाट पनि धेरै कमेन्ट आएकाे देख्न सकिन्छ ।
यस सन्दर्भमा फेसबुकमा सीता तुम्खेवाले पनि केही प्रश्नसहितकाे कमेन्ट राखेकी छन् । जसलाई हामीले तल राखेका छाै
आत्महत्या कि हत्या ?
१. तलको च्याट सुनिहाङ्माले आफ्नो मामासँग गरेको भन्ने बुझिएको छ । उक्त्त कुराकानीमा उनले दिदिले डिभोर्स पेपर तयार पारिदिएको उल्लेख गरेकी छन् । भाइ बुहारीबिच गडबडी भए सम्झाउनुपर्नेमा उल्टै पेपर तयार पारिदिनु कतिको उचित हो ?
२. सुनिहाङको श्रीमान्ले धेरै अघि बोलेको केटालाई तिमिहरूबिच प्रेम छँदा केके भयो सबै भन् पैसा कति चाहिन्छ दिन्छु भनेको कुरो कतिको सत्य हो ? त्यसैगरी साथीभाइहरूलाई पनि त्यो केटि ह्याँ त्या, एस्तो रैछ तेस्तो रैछ बुझ, म पैसा दिन्छु भनेको कतिको सत्य हो ? यदि सत्य हो भने डेढ बर्षको चिनजानपछी बिहे भएको रैछ त्यो डेढ बर्षसम्म सुनिहाङलाई कसरी बुझेछ त ? र, अब बिहे भैसकेपछी किन चाहियो ।

३. केटाको परिवारले लाहुरे धनी परिवारको छोरी तयार पारिदिएको तर केटाले सुनिहाङलाई बिहे गरेपछि सुनिहाङप्रती राम्रो व्यावहार नभएको भन्ने सुनियो यदि यो सत्य हो भने यो लिम्बू समुदायको पहिलो घटना हो, जहाँ आर्थिक वर्ग नमिल्दाको परिणाम हत्या/मृत्यू हुन पुगेको ।
४. झुन्डिएको अवस्थामा भेटिएकी सुनिहाङलाई ढोका फोरेर निकालिएको भनिएको छ, ढोकाजस्तो कुरा फोर्दाखेरी हेन्डलमात्रै फुत्त निस्कन्छ कि ? भिडियोमा हेर्दा ढोका केइ नभएको पाइयो । प्रत्यक्ष देख्नुहुनेले अझैँ राम्ररी देख्नुभको होला !
५. शरीर तातै भएको कारण प्रहरीलाई खबर गर्न अगावै सुनिहाङलाई झारियो भनिएको सुनियो- त्यसो भने तत्कालै अस्पताल किन लगिएन ?
६. घटना घटिसकेपछी सुनिहाङको फेसबुक प्रोफाइलबाट सबै फोटोहरू डिलिट हानियो भन्ने सुनियो- त्यो कसले र किन गर्यो ?
७. घटना घटेको दिन सुनिहाङले छिनमै फोटो अपलोड गर्ने छिनमै डिलिट गर्ने गरिरहेकी थिइन् भनेर एकजना बैनिले भनिन् – किन त्यसो भैरहेको थियो ? पास्वर्ड दुवैसँग भएको कारण सुनिहाङले अपलोड गर्ने अर्कोले डिलिट गर्ने भएको हो कि ? किनकी सुनिहाङको प्रोफाइलबाट घटना घटिसकेपछी मात्रै फोटोहरू डिलिट भए भनिएको छ ।
यी यावत प्रश्नहरूको चित्तबुझ्दो जवाफ हामीलाई चाहिन्छ । र, यो घटनाको अत्यन्तै मिहिन ढंगले छानवीन होस् साथै दोषी ठहरिएमा हदैसम्मको कारबाही होस् ।
मैले जानेको सुनिहाङ्मा निकै संघर्ष गरेको मान्छे हो । सानोतिनो समस्यामा आत्महत्या गर्ने कायर हैनन् उनी । (सावजर्निक खबर)
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...