बालदिवसमा प्रदेश १ स्तरीय वक्तृत्वकला सम्पन्न, नवराज भट्टराई भए प्रथम

 लिम्बुवान खबर
                       

इलाम । राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित प्रदेश १ स्तरीय वक्तृत्वकला प्रतियोगिता साेमबार सम्पन्न भएको छ । प्रतियोगितामा मोरङका नवराज भट्टराई प्रथम भएका छन् ।

“कोरोना भाइरसले बालबालिकामा पारेको असर र सरोकारवालाको भूमिका” विषयक प्रतियोगितामा ताप्लेजुङकी अनिता पन्धाक द्वितीय र पाँचथरका योगेश तिम्सिना तृतीय भएका छन् ।

उनीहरुले क्रमश: १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार र प्रमाणपत्र हात पारेका छन् ।

‘विपदमा बाल अधिकारको सुनिश्चितता : हामी सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ मानव अधिकार मञ्च नेपाल इलामको आयोजनामा भर्चुअल माध्यमबाट भएको प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका १/१ जना गरि १४ जना सहभागी भएका थिए ।

यसअघि प्रत्येक जिल्लाबाट छनौट प्रतियोगिता संचालन गरि प्रथम स्थान हासिल हुनेले प्रदेशस्तरीय प्रतियोगिताका लागि सहभागी हुने अवसर पाएका थिए ।

प्रतियोगीहरुलाई विचार राख्न ५ मिनेट समय दिइएको  थियाे । कार्यक्रमको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका थिए ।

प्रतियोगिताको सहआयोजकको रुपमा मञ्चको बाल संरक्षणका लागि ऐक्यबद्धता परियोजनका साझेदार संस्था, वातावरण संरक्षण तथा विकास मञ्च ताप्लेजुङ, मानव अधिकार चेतना र विकास केन्द्र पाँचथर, सामुदायिक विकास मञ्च धनकुटा, देउराली सोसाइटी तेह्रथुम, समाज स्पर्श समिति संखुवासभा, प्रदेश कोकन मोरङ, दुरदृष्टि विकास समाज केन्द्र सुनसुरी, मानव अधिकार सूचना र सुशासनका लागि सुशासन हिमायति उदयपुर, जनसेवा समाज नेपाल खोटाङ, एकीकृत श्रोत व्यवस्थापन समिति ओखलढुङ्गा र योङ स्टार क्लब सोलुखुम्बु रहेका थिए ।

सम्बन्धित समाचार

तीन मन्त्रीको टुंगो लाग्योः अर्थमा रामेश्वर, गृहमा ओमप्रकाश र उर्जामा कुलमान

ललितपुर, २९ भदौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको बताइएको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार अर्थमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जामा कुलमान घिसिङको...

युथ इन्डिजिनिष्ट लिगले जेनजीको सुरक्षा गर्ने

ललितपुर,२९ भदाैं । युथ इन्डिजिनिष्ट लिग (वाईआईएल)ले देशमा हालै भएको राजनीतिक परिवर्तनलाई पूर्ण रूपमा स्वागत गर्ने घोषणा गरेको छ। संगठनले यो प्रक्रियामा अग्रणी भूमिका खेलेका जेनजीहरूको नेतृत्व तथा योगदानप्रति उच्च सम्मान र प्रशंसा व्यक्त गरेको...

शुसीला कार्कीले प्रधानमन्त्रीकाे लिइन् सपथ

काठमाडाैं, २७ भदाैं । राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ६१ बमोजिम नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति  पौडेलबाट शपथ लिएकी हुन् । उनले नेपालको पहिलो...

गृहमन्त्री लेखकले दिए राजीनामा

ललितपुर, २३ भदाैं ।  गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन् । सोमबार भएको जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेको थियो । सो प्रदर्शनका...