स्ट्रबेरी किसानका छोरा योशिहिडे सुगा बने जापानको नयाँ प्रधानमन्त्री

 लिम्बुवान खबर
                       

काठमाडौं। योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बनेका छन् । संसदमा बुधबार भएको निर्वाचनमा सुगा प्रधानमन्त्री निर्वाचित भएका हुन् ।

यसअघि सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीले योशिहिडे सुगालाई आफ्नो प्रमुख नेता चयन गरेको थियो ।

गत महिना शिन्जो आबेले स्वास्थ्यमा आएको समस्याका प्रधानमन्त्री पदबाट राजीनामा थिए । नयाँ प्रधानमन्त्री सुगा यसअघिको मन्त्रिपरिषदमा मन्त्रिपरिषद सचिव थिए ।

७१ बर्षीय योशिहिडे शिन्जो आबेका घनिष्ट मित्र मानिन्छन्, उनले आबेकै नीतिहरुलाई अगाडी बढाउने बताइएको छ।

जापानमा आगामी संसदीय चुनाव भने सेप्टेम्बर २०२१ मा हुनेछ।

एक सामान्य स्ट्रबेरी किसानको परिवारमा जन्मेका योशिहिडे सुगा देशको कार्यकारी प्रमुख बनेर लामो समयदेखि प्रभुत्व जमाइरहेको जापानको सम्भ्रान्त राजनीतिमा नयाँ इतिहाँस रच्न सफल भएका छन् ।

सम्बन्धित समाचार

लिम्बुवान स्वयत्तता पक्षधरले २५२ बर्ष अघिको तसल्ली मुलुकी लालमोहर सन्धिको गरयो स्मरण

धरान, सुनसरी । बि.सं. १८३१ साउन २२ गते लिम्बुवान र गोर्खा कान्तिपुरबिच भएको तसल्ली मुलुकी लालमोहर (नुनपानी) सन्धिको स्मरण गर्दै ऐतिहासिक कार्यक्रम सम्पन्न भएको छ । साउन २२ गते शुक्रबार २५२ बर्ष अघि भएको सन्धिको...

आइएलओ महासन्धि नं. १६९ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र हो”ललितराष्ट्रपति पौडेल

ललितपुर, २४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्ने अन्तरराष्ट्रिय महासन्धि ‘आइएलओ महासन्धि नं. १६९’ अनुमोदन गर्ने दक्षिण एसियाकै पहिलो राष्ट्र भएको बताएका छन् । अगष्ट ९ (साउन २४)गते ३२औं विश्व आदिवासी...

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...