सुनिता थेगिमको आवाजमा ‘कावेली खोला’ सार्वजनिक (भिडियो सहित)

 आन्छुमे नसान
                       

माङसेबुङ । पछिल्लो समय एकपछि अर्को चर्चित गीत गाएर चर्चा बटुली रहेका लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवजमा सजिएको मर्मस्पर्शी लोक भाकाको गीत ‘कावेली खोला’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार लक्ष्मी काम्बाङको शव्दभावहरुमा संगीतकार कृष्ण कुमार राईको संगीतमा सजिएको मनछुने गीत ‘कावेली खोला’ स्टुडियो लिप्सिङ भिडियो बुधबार गायिका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई किङग स्टुडियोमा सुरेस राईले रेकर्डिङ गरेका हुन् ।

कावेली खोला, ऐतिहासिक दरबार हिल्लीहाङ दरबार लगायत अन्य रमणिय तथा ऐतिहासिक स्थलहरुको बयाण गरिएको गीतको लिप्सिङ भिडियोलाई इसाक जबेगुले छायाँकन गरेका हुन् भने सम्पादन तथा कलर मनोज राईले गरेका छन् ।

(भिडीयाे तल राखिएकाे छ)

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...