सुनिता थेगिमको आवाजमा ‘कावेली खोला’ सार्वजनिक (भिडियो सहित)

 आन्छुमे नसान
                       

माङसेबुङ । पछिल्लो समय एकपछि अर्को चर्चित गीत गाएर चर्चा बटुली रहेका लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवजमा सजिएको मर्मस्पर्शी लोक भाकाको गीत ‘कावेली खोला’ भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार लक्ष्मी काम्बाङको शव्दभावहरुमा संगीतकार कृष्ण कुमार राईको संगीतमा सजिएको मनछुने गीत ‘कावेली खोला’ स्टुडियो लिप्सिङ भिडियो बुधबार गायिका सुनिता थेगिमको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतलाई किङग स्टुडियोमा सुरेस राईले रेकर्डिङ गरेका हुन् ।

कावेली खोला, ऐतिहासिक दरबार हिल्लीहाङ दरबार लगायत अन्य रमणिय तथा ऐतिहासिक स्थलहरुको बयाण गरिएको गीतको लिप्सिङ भिडियोलाई इसाक जबेगुले छायाँकन गरेका हुन् भने सम्पादन तथा कलर मनोज राईले गरेका छन् ।

(भिडीयाे तल राखिएकाे छ)

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...