मोरङ पथरीशनिश्चरेमा दुई सय युवा नेकपामा प्रवेश

 लिम्बुवान खबर
                       

मोरङ । मोरङको पथरी शनिश्चरे-८ मा नेपाली कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरी करिव दुई सय युवाहरु नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन ।

नव प्रवेशी युवाहरुलाई आज पार्टी सम्बद्द युवा संगठन राष्ट्रिय युवा संघ नेपाल नगर समितिले कार्यक्रमको आयोजना गरि स्वागत गरेका हुन ।

नेपाली कांग्रेस सम्बद्द बिद्यार्थी संगठन नेवि संघका मौसम तामाङ, तरुण दलका बिनोद श्रेष्ठ, जोगेन श्रेष्ठ, मानबहादुर लिम्बू, दीपक बिक, सुर्य बराल, अशोक न्यौपाने, राजन श्रेष्ठ लगायत १८० जना युवाहरु नेकपामा प्रबेश गरेको राष्ट्रिय युवा संघ नेपाल पथरी शनिश्चरे नगर समितिको सहसंयोजक नवीनजङ कार्कीले बताए ।

नगरको ८ नम्नर वडाको सुक्रबारेमा भएको पार्टी प्रबेश कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश रेग्मी, मोरङ जिल्ला अध्यक्ष ॠषिकेश पोख्रल, सचिव गणेश उप्रेती, युवा संगठनका केन्द्रीय सदस्य बिजय डाँगी, रबिन थापा, जिल्ला अध्यक्ष नवीन पौडेल, पथरी शनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना बिष्ट लगायतले नव प्रबेशी युबाहरुलाई अबिर लगाएर स्वागत गरेका थिए ।

बक्ताहरुले पार्टी सरकारले अघि सारेको “सुखी नेपाली समृद्द नेपाल” नारा सफल पार्न युवाहरु लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा पार्टीको १ नम्बर प्रदेश सदस्य युवराज बास्कोटा, पार्टी सम्बद्द पत्रकारहरुको संगठन प्रेस संगठन नेपालको केन्द्रीय सदस्य अर्जुन जम्नेली राई, प्रदेश सदस्य मोहन भट्टराई, जिल्ला सदस्य दिनेश सुब्बा लगायतको उपस्थित रहेको थियो । पार्टी प्रबेश कार्यक्रममा पथरी शनिश्चरे नगर र ८ नम्बर वडाका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...