विपन्नहरुलाई नि:शुल्क मास्क बाँड्दै दमककी उपमेयर

 लिम्बुवान खबर
                       

दमक/ दमक नगरपालिकाकी उपमेयर गीता पौडेल अधिकारीले कोरोना संक्रमणबाट बच्न सहयोग पुरयाउने उद्धेश्यले नगरमा रहेका विपन्नहरुका लागि नि:शुल्क मास्क प्रदान गरेकी छिन ।

आजबाट शुरु भएको निशुल्क मास्क वितरणको शुरुवात दमकको ३ नम्बर वडाबाट भएको छ । ३ नम्बर वडा कार्यालयमा उपमेयर अधिकारीले वडाध्यक्ष नविन बराललाई पाँच हजार थान मास्क हस्तान्तरण गरिन ।

वडा सदस्यहरु र वडा कार्यालयका कर्मचारीहरुको उपस्थितीमा हस्तान्तरण गरिएका ति मास्क वडा भित्रका टोलटोलमा रहेका विपन्न नागरिकहरुलाई वितरण गरिने वडाध्यक्ष बरालले बताए ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...