लमजुङका डोल्मालाई लिम्बुवान कतारद्धारा आर्थिक सहयोग

,   लिम्बुवान खबर
                       

दोहा / गत २५ असार २०७७ का रात गएको पहिरोमा परि स–परिवार गुमाएका डोल्मा तामाङको अध्ययनका लागि संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) प्रवास समिति कतारले आर्थिक सहयोग गरेको छ ।

बेसि सहर नगरपालिका वडा नं ७, लमजुङ स्थायी ठेगाना भएका बर्ष ९ कि डोल्माका बर्ष ३३ का बुवा  दिपक तामाङ, बर्ष २७का आमा बिमाया तामाङ र  ११ बर्षका दाजु क्षेवाङ तामाङलाई सुतिरहेको अवस्थामा घरसंगै पहिरोले बगाएका थिए। त्यसरी स-परिवार पहिरोसंगै बगेर जादा बाच्न सफल भएकि डोल्माको अध्यनका लागि सलिसाम प्रवास समिति कतारकाे खेलकुद विभाग लिम्बुवान फुटबल क्लबद्धारा आर्थिक सहयोग गरिएको हो ।

आर्थिक सहयोगका लागि खेलकुद समितिका खेलाडीहरु प्रताप कुमाल ३५० रियल, युकेश लिम्बु १०१, डिकलाल मुकुर्धम लिम्बु १०१, प्रविन राई ५०, मुस्कान लिम्बु ५०, बिनोद गुरुङ १०, सगुन गुरुङ ४०, दिल्ली लिम्बु ३०, माउसम लिम्बु ५०, रोशन लिम्बु १०, तारा श्रेष्ट ५०, अनिल तामाङ २०, राम मगर २१, योगेन्द्र मगर ३०, नारायण ठाकुर १० र संलिसाम केन्द्रिय समितिबाट ४१० गरि जम्मा १३३३ रियलकाे नेपाली रुपैंया ४१,७६४ लिम्बुवान फुटबल क्लबका खेलाडी सोम तामाङ मार्फत हस्तान्तरण गरिएको हो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;