आजबाट आन्तरिक उडानमा यात्रुले पालना गर्नुपर्ने नियमहरु केके छन् त ?

,   लिम्बुवान खबर
                       

काठमाडौं ।  चैत १० गतेदेखि बन्द भएको आन्तरिक हवाई उडान आजबाट सुचारु हुँदैछ । तर, यो समय साविकको जस्तै छैन । त्यसैले यसलाई ‘न्यू नर्मल’ भनिएको हो ।

अब एयरपोर्ट भित्रको प्रक्रियामा लाग्ने समय कम्तिमा आधा घण्टा लम्बिएको छ । त्यसकारण यात्रु जहाज उड्ने समयभन्दा कम्तिमा डेढ घण्टा अगाडी नै विमानस्थल पुग्नुपर्छ ।

निजी लगानीको वायुसेवा बुद्ध एयरले सोमबारबाट हवाई यात्रामा लागु हुने नियमलाई ‘पास मोडल’का रुपमा व्याख्या गरेको छ । पास (पीएएसएस) अर्थातः प्यासेन्जर, एयरपोर्ट, एयरक्राप्ट र स्टाफ ।

यी चार वटै क्षेत्रले उत्तिकै सचेतना अपनाउनु पर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा कम्पनीले सेफ्टी प्रोटोकलको विकास गरेका छन् ।

यात्रुले पालना गर्नुपर्ने नियम
· सबै यात्रुले एयरपोर्ट आउनु अगाडि मास्क लगाई हात स्यानिटाइज गर्नुपर्नेछ ।
· विमानस्थल भित्र कम्तिमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्नेछ ।
· इ-टिकेटबाट चेकइन हुनेछ ।
· आफ्नो व्यागेजसँगै लैजान पाइने छैन, महिलाको हृयाण्डक्यारी र ल्यापटप ब्यागबाहेक अन्य ब्याग विमान भित्रै लैजान निषेध गरिएको छ ।
· सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।
· विमानभित्र हिँडडुल गर्न निषेध गरिएको छ ।
· शौचालय विमानस्थलमै प्रयोग गरि जहाज चढ्नुपर्नेछ ।
· कोभिड १९ को लक्षण देखिएको यात्रुलाई हवाई यात्रुलाई निषेध गरिएको छ ।
· मास्क र फेससील यात्रुले यात्रा अवधिभर लगाउनु पर्नेछ ।

विमान र कर्मचारीले अपनाउनुपर्ने नियम
· र्‍याम्प बसमा यात्रुलाई सामाजिक दूरी कायम गराई बसाउनु पर्नेछ ।
· ब्यागेज ट्रली, ट्रान्सपोर्ट भ्यान तथा अन्य सवारी साधन हरेक पटक प्रयोगपछि स्यानिटाइज गर्नु पर्नेछ ।
· पटक पटक प्रयोगमा आइरहने ढोकाका हृयाडल तथा स्ट्याण्डहरु पटक पटक स्यानिटाइज गर्नुपर्छ ।
· यात्रुलाई विमानभित्र र बाहिर लैजाँदा एक पटकमा चार जनालाई मात्र लैजानु पर्छ ।
· यात्रुहरुलाई फेससील वितरण गर्नुपर्नेछ ।
· हरेक उडानपछि विमानस्थललाई सरसफाई गर्नुपर्छ ।
· सबै कर्मचारीले अनिवार्य मास्क लगाई यात्रुसँग सामाजिक दूरी कायम गरी सेवा दिनु पर्नेछ ।
· हरेक कर्मचारीको दैनिक कार्यालय प्रवेशसँगै तापक्रम नाप गरिने भएको छ ।
· हरेक कर्मचारीलाई सुरक्षित सेवा सम्बन्धमा नियमित तालीम तथा आवश्यक सुरक्षा सामग्री प्रदान गरिने भएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;