फाल्गुनन्द शाकोसको प्रतिवेदन सार्वजनिक

 लिम्बुवान खबर
                       

दमक । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले ९ औ बार्षिक साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ । सञ्चारकर्मीहरुको उपस्थितिमा आज विहान एक कार्यक्रम गरि आसन्न साधारणसभामा प्रस्तुत गरिने बार्षिक प्रतिवेदन सार्वजनिक गरिएको व्यवस्थापक कुवेर प्रसाद तुम्बापोले वताए ।

 

प्रतिवेदन सार्वजनिक गरिदै

प्रतिवेदन सहकारीका संस्थापक अध्यक्ष मेहरमान लिङदेन, सचिव दिलीप लिम्बु, कोषाध्यक्ष फूलकुमारी आङदेम्बेले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सहकारीले यसबर्ष भव्य रुपमा सम्पन्न गर्न कठिनाई भएकाले क्षेत्रगत आधारमा साधारणसभा गर्न लागिएको सचिव लिम्बुले वताए । दमकसहित विर्तामोडमा सेवा केन्द्र सञ्चालनमा रहेको छ भने झापाको शिवसताक्षी र मोरङका उर्लावारी समेत सेवा केन्द्र विस्तार गर्न प्रस्ताव अघि बढाईएको उनले जानकारी दिए ।

साधारणसभाको कार्यसूचि अनुसार माईपूर्व क्षेत्रका शेयर सदस्यहरुका लागि विर्तामोडस्थित सेवा केन्द्रमा असोज ७ गते, शिवसताक्षी क्षेत्रका लागि झिलझिलेमा असोज ८, ९ गते कमल गाँउपालिकाको मंगलवारेमा, १० गते इलामको माङसेवुङ क्षेत्रका लागि भन्ज्याङमा प्रतिवेदन उपलव्ध गराउने कार्यक्रम रहेको छ भने दमक १,७,८,९ र १० का शेयर सदस्यका लागि असोज ११ , दमक २,३,४,५ ,६ र ७ का शेयर सदस्यका लागि असोज १२ गते र मोरङको उर्लावारी क्षेत्रका शेयर सदस्यका लागि असोज १३ गते प्रधान कार्यालय दमकमा साधारणसभाको प्रतिवेदन उपलव्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।

झापा जिल्लाभरि कार्यक्षेत्र रहेको सो सहकारीमा पुरुष ४३८ र महिला ६३७ गरि १०७९ जना शेयर सदस्य छन् । गएको आर्थिक बर्षसम्म संस्थाको २ करोड ७९ लाख १४ हजार ७ सय कुल शेयर पूंजी ,बचत ८ करोड १ लाख २४ हजार ७ सय १५,कर्जा लगानी १० करोड ७० लाख ९१ ह्जार ९१ रुपैया पुगेको सचिव लिम्बुले वताए । कोभिडका कारण अन्य क्षेत्रमा झै सहकारीमा समेत असर पुगेको भएपनि सन्तोषजनक रुपमा प्रगति गर्न सफल भएको उनले जनाएका छन् ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा संस्थाका सञ्चालक, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिति रहेको थियो । सहकारीले लकडाउनका समयमा कार्यालयसम्म आएर बचत तथा ऋणको सुविधा लिन समस्या आएपछि संस्थाले घरैसम्म पुगेर सेवा पुरयाएको अध्यक्ष पदम लिङ्गदेन (संकल्प ) ले बताएका छन् ।

सम्बन्धित समाचार

लक्ष्मी उच्च माध्यमिक विद्यालयले तीन दिने स्वर्ण महोत्वसव मनाउदै

अजित धिमाल बेलबारी । बेलबारी-११, लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ५० वर्ष पूरा गर्दै तीन दिने स्वर्ण महोत्सव मनाउदैछ । शुक्रवार देखि आइतबार सम्म महोत्सव मनाउन लागेको हो । २०३२ सालमा भाङ्बारीकाे...

धरानमा लिम्बू पालामी चलचित्र ‘मिम्लेन् फूङ्’ प्रदर्शन हुने

दमक, १८ मङ्सिर ।  लिम्बू पालामी चलचित्र 'मिम्लेन् फूङ्' धरानमा प्रदर्शन हुने भएको छ | आगामी २०८२ साल पुष १३ गते विहान आठ १५ बजेदेखि फ्रेन्ड्स सिनेमा बराह मलमा विशेष प्रदर्शन हुने भएको हो |...

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...