राप्रपाको चुनाव चिन्ह हलो, झण्डामा गाई

 लिम्बुवान खबर
                       

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले लामाे छलफल र बहस पछि चुनाव चिह्न हलो र गाई अंकित झण्डा राखेर दल दर्ता गर्ने भएको छ ।

धुम्बराहीमा मंगलबार बसेको कार्यसम्पादन समितिको संयुक्त बैठकले चुनाव चिन्ह र झण्डाबाटे निर्णय गरेको राप्रपाका नेता राम थापाले बताएका छन् ।

थापाका अनुसार दल दर्ताका लागि अाज निर्वाचन आयोगमा जाने भएको छ ।

२०७६ साल फागुन २४ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी पार्टी एकीकरण घोषणा भएको थियो । पार्टी एकीकरण भए पनि चुनाव चिन्हको विषयमा भने सहमति हुन सकेको थिएन ।

चुनाव चिन्हको बारेमा टुंगो लगाउन सोमबार पनि कार्यसम्पादन समितिको बैठक बसेको थियो । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो ।

थापाका अनुसार एकता महाधिवेशन आगामी वैशाख २५–२८ गते विषयमा पनि सहमति जुटेको छ ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...