कोरोनाबाट भारतमा ९० हजारभन्दा बढीको मृत्यु

 लिम्बुवान खबर
                       

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजारभन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोभिड–१९ बाट ९० हजार २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा संक्रमण पुष्टि हुँदा एक हजार ८५ जनाको कोभिड–१९ बाट ज्यान गएको छ ।

अहिलेसम्म भारतमा संक्रमितको संख्या ५६ लाख ४६ हजार पुगेको छ । अहिले ९ लाख ६८ हजार ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।
भारत विश्वमै सबैभन्दा दोस्रो धेरै संक्रमित रहेको देश हो ।

अहिलेसम्म विश्वमा तीन करोड १६ लाख पाँच हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म विश्वमा ९ लाख ७१ हजारको ज्यान गएको छ । (एजेन्सीकाे सहयाेगमा)

सम्बन्धित समाचार

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...

जगत तामाङ घेदुङ प्रदेश १ अध्यक्षमा निर्वाचित

दमक,। तामाङ समुदायको साझा संगठन नेपाल तामाङ घेदुङ १ न प्रदेश अध्यक्षमा झापाका जगत तामाङ सर्वसम्मत चयन भएका छन् ।  मोरङको पथरीमा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। दोस्रो प्रदेश अधिवेशनले तीनजना उपाध्यक्ष...