कोरोनाबाट भारतमा ९० हजारभन्दा बढीको मृत्यु

 लिम्बुवान खबर
                       

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजारभन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोभिड–१९ बाट ९० हजार २० जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा संक्रमण पुष्टि हुँदा एक हजार ८५ जनाको कोभिड–१९ बाट ज्यान गएको छ ।

अहिलेसम्म भारतमा संक्रमितको संख्या ५६ लाख ४६ हजार पुगेको छ । अहिले ९ लाख ६८ हजार ३७७ जना सक्रिय संक्रमित रहेका छन् ।
भारत विश्वमै सबैभन्दा दोस्रो धेरै संक्रमित रहेको देश हो ।

अहिलेसम्म विश्वमा तीन करोड १६ लाख पाँच हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । यस्तै अहिलेसम्म विश्वमा ९ लाख ७१ हजारको ज्यान गएको छ । (एजेन्सीकाे सहयाेगमा)

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...