शिवसताक्षीबाट लिम्बुवानको क्रियाशिल सदस्यता वितरण प्रारम्भ

,   लिम्बुवान खबर
                       

झिलझिले । विगत १५ बर्ष देखि निरन्तर संघीयता, पहिचान र आत्मानिर्णय अधिकार सहितको संघीय नेपाल निर्माण गर्न लागिरहेको संघीय लोकतान्त्रिक राष्ट्रिय आबद्ध संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला कार्य समितिले आगामी बर्ष हुन गईरहेको राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै झापाको शिवसताक्षीबाट मञ्चको क्रियाशिल सदस्यता वितरण शुरु गरेको छ ।


मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङ्बाट बुधबार शिवसताक्षी वडा नं. १ का एक सय पैतालिस जनालाई क्रियासिल सदस्य वितरण गर्दै मञ्चले क्रियासिल सदस्यता वितरण लक्षित कार्यक्रम शुरु गरेको हो । त्यसैगरी क्रमशः सबै वार्डहरुमा दशै अघि नै वितरण गरि सक्ने कार्यक्रम रहेको मञ्चका पहिचान सदस्य तथा शिवसताक्षी नगर अध्यक्ष प्रकाश लिङ्देन बताएका छन् ।


विश्व नै कोभिड–१९को कारण लकडाउन भएको हुँदा नेपालमा समेत त्यसको प्रत्यक्ष असर विगत ६ महिना देखि भईरहेता पनि अहिले वातारण अलिकति सहज भएसँगै मञ्चले आफ्नो गतिविधि बढाएको हो । मञ्चका महासचिव शान्ता योङ्हाङ्ले –‘अब जिल्लाको सबै स्थानीय निकायहरुमा अबको दुई महिना भित्र कम्तिमा पनि ५ हजार जनालाई क्रियासिल सदस्य वितरण गर्ने लक्ष्य रहेको बताएकी छन् ।’ उनले मञ्चले आफ्नो चार बर्षे कार्यक्रम अन्तर्गत संगठन सुदृणीकरण तथा पहिचानलाई राजनैतिक रुपमा स्थापित गर्दै १०+१ प्रान्त स्थापना र नेपाललाई दिगो विकासको चरम उत्कर्षमा पु¥याउने लक्ष्यका साथ काम भईरहेको बताएकी छन् । उनले – यसरी नै अब झापा लगायत सबै जिल्लाहरुमा क्रमशः क्रियाशिल सदस्यता वितरण र प्रशिक्षण कार्यक्रमलाई अभियानको रुपमा मञ्चले अगाडि बढाउने तयारी थालेको जनाएकी छन् । उक्त क्रियासिल सदस्य वितरण कार्यक्रममा मञ्चका सचिव तथा सहइन्चार्ज राजु राई, सविचलय सदस्यहरु भक्त मेन्याङ्बो र भिम सुनुवार, केन्द्रीय सदस्य किरण लिङ्देन, पहिचान सदस्य दिल सेरेङ् लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;