तेह्रथुम । पत्रकार तथा कलाकार टीआर सेनेहाङको निर्देशनमा तयार भएको ‘मैले माया लाएको’ वोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
टंक लिम्बुको स्वर , भद्रकला आङबुहाङ राईको शब्द र वादल लिम्बुको संगित रहेको गितको भिडियो युट्युव च्यानल मार्फत बिहिबार सार्वजनिक गरिएको हो ।
गरिबीको कारण भरखरै घरजम गरेको श्रीमती तथा घरपरिवारलाई छाडेर परदेसीनुको पिडा साथै घरखेत साहुले खोसिदिने धम्की बारम्बार आईरहने ज्वलन्त वेदनालाई कथावस्तु बनाईएको भिडियोमा मुख्य कलाकारको रुपमा शिखा पयाङयु र विनोद तामाङ रहेका छन् ।
उमेश नेपालीले खिच्नुभएको भिडियोको दृश्य अनिल रानाले सम्पादन गर्नुभएको छ । बाध्यताले विदेसीले र घरवासीको वेदना समावेस गर्न खोजिएको यस भिडियोमा अथिती कलाकारहरुको रुपमा निर्देशक सेनेहाङ, मनोज दाहाल, राजकुमार तेयुङ र धनुकी लिम्बु रहेका छन् ।
निर्देशक सेनेहाङका भिडियाे सामाजिक परिवेशको दर्शकहरुको औधि रुचाउन सक्ने बनेकाे छ ।
ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै जिम्मेवारीबाट राजीनामा...
ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...
ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...
ललितपुर, ८ कार्तिक । यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...