प्रेस काउन्सिलको काबा अध्यक्षबाट श्रेष्ठले दिए राजीनामा

 लिम्बुवान खबर
                       

काठमाडौं । प्रेस काउन्सिल नेपालमा आफ्नो कार्यकाल सकिने पूर्वसन्ध्यामा किशोर श्रेष्ठले कार्यवाहक अध्यक्षबाट राजीनामा दिएका छन् ।

उनले शुक्रबार बुझाएको राजीनामा काउन्सिल बोर्डले स्वीकृत गरेको छ भने वरिष्ठ सदस्य गोपाल बुढाथोकीलाई कार्यबाहक अध्यक्ष चयन गरेको छ ।

काउन्सिलमा श्रेष्ठको कार्यकाल असोज १३ गते सकिँदैछ । चार दिनअघि कार्यबाहक अध्यक्षबाट राजीनामा दिएका उनी अब चार दिन सदस्यका रुपमा रहनेछन् । काउन्सिलमा सरकारको ठाडो हस्तक्षेप रोक्न आफूले राजीनामा दिएको श्रेष्ठले बताए ।

सरकारले एक महिनाअघि दुर्गा भण्डारी पौडेललाई कार्यबाहक अध्यक्ष नियुक्त गरेको थियो । त्यसविरुद्ध काउन्सिल बोर्ड सर्वोच्च अदालत गएको थियो ।

अदालतले सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि श्रेष्ठ आफ्नो पदमा यथावत रहेका थिए ।

तर श्रेष्ठसँगै काउन्सिलका सदस्य खिलबहादुर भण्डारीको पदावधि १३ असोजमा सकिँदैछ । त्यो ठाउँमा सरकारले २ जनालाई नियुक्त गर्नेछ । हालै मात्र दुई जना नियुक्त गरिसकेको छ भने काउन्सिलका दुई सदस्य अहिले पनि श्रेष्ठ–बुढाथोकी खेमाको विपक्षमा छन् ।

उनीहरु मिलेर कार्यवाहक अध्यक्षमा बुढाथोकीलाई रोक्नसक्ने देखेपछि श्रेष्ठले कार्यकाल सकिनु चार दिनअघि नै कार्यबाहकबाट राजीनामा दिएर बुढाथोकीलाई नेतृत्वमा स्थापित गरेका हुन् ।

सरकारले दुई वर्षअघि काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गरेको थियो । उनको योग्यतामा प्रश्‍न उठेपछि अदालतमा मुद्दा पर्‍यो, जुन मुद्दा अहिले पनि विचाराधीन छ । सो मुद्दा नटुंगेसम्म कार्यवाहक अध्यक्षले काउन्सिलको नेतृत्व गर्नेछन्, जो काउन्सिल बोर्डले तोक्नसक्छ ।

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...