धरान ५ मा लिम्बुवानको यूवा मञ्च गठन

 लिम्बुवान खबर
                       

धरान।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालले पार्टी प्रवेश तथा संगठन विस्तार कार्यक्रमलाई तिब्र बनाएको छ ।
शुक्रबार धरान उपमहानगरपालिका वडा नं. ५ मा मञ्चको भातृ संस्था संघीय लिम्बुवान यूवा मञ्चको वडा कमिटी गठन तथा पार्टी प्रवेश कार्यक्रम गरेको छ ।

मञ्चका जिल्ला अध्यक्ष अमर इजमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संकलन राईको अध्यक्षतामा ३३ सदस्यीय समिति गठन भएको जनाएको छ ।

समितिको उपाध्यक्ष संजोक राई, सचिव सुमन राई, सह–सचिव सुन्दर तामाङ्, अर्थ सचिव सुजन तामाङ चयन भएका छन् भने सदस्यहरुमा क्रमशः आकाश राई, मदन माझी, अरुण लिम्बु, आकाश राई, जीवन मगर, विशाल राई, राजकुमार राई, सञ्जे तामाङ, सुदिप तामाङ, सन्देश राई, योगेश तामाङ, अशोक मगर, रक्की मगर, विलम भुजेल, सन्तोष राई, दिपेन श्रेष्ठ, सन्देश राजवंशी, दुर्गे राई, दिपेश भाई, सुजन राई, निर्मल राई, बिजे तामाङ, राईमन राई, विबेक भाई, पासाङ भोटे, सञ्जीव भुजेल, राजन थापा, राजु तामाङ, सौगात राई, धनसिं राई, मनिस राई, नौराज लिम्बु, रुाम श्रेष्ठ र निर्मल तामाङ् रहेका छन् ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी मञ्चमा प्रवेश गरेकाहरुलाई प्रमुख अतिथि इजमले खाँदा ओढाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रम संघीय लिम्बुवान मञ्च, नेपाल धरान वार्ड नं. ५ का अध्यक्ष रमेश राईको अध्यक्षता तथा मञ्चका नगर अध्यक्ष सञ्जुहाङ् साम्बाको संचालनमा भएको थियो ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...