दमकमा सुविधा सम्पन्न सरकारी अस्पताल बन्दै

 लिम्बुवान खबर
                       

दमक। झापाको दमकमा सुविधा सम्पन्न सरकारी अस्पताल बन्ने भएको छ ।

दमक १ मा रहेको दमक अस्पताल जिर्ण अवस्थामा रहेको हुँदा सम्पूर्ण संरचना भत्काई सुविधा सम्पन्न भवन बन्ने भएको हो । अब नयाँ भवन बनेपछि त्यहाँका पुराना संरचना भत्काउने काम सम्पन्न भएको छ । २०४५ सालमा बनेको हेल्थपोस्ट जिर्ण अवस्थामा रहेको थियो ।

नगरपालिकाले आधुनिक भवनको डिपिआर गरी करिब २१ करोड लागतमा ठेक्का लागेको उक्त भवन आगामी २ बर्ष भित्रमा निर्माण सम्पन्न हुने दमक नगर उपमेयर गीता अधिकारीले बताइन् ।

अब बन्ने नयाँ अस्पताल ५० शैयाको हुने बताइएको छ । यस अस्पतालबाट फिजिसियन, छाला रोग, हाडजोर्नी, विभिन्न प्रकारको शल्यक्रिया सेवा सहितको विशेष सेवाहरु उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. खड्क लिम्बु बताएका छन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...