फालेलुङमा लिम्बुवानको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

 लिम्बुवान खबर
                       

पाँचथर । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल फालेलुङ गाउँपालिकाको आयोजनामा एक दिने राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न विद्या प्रचार मावि भवन नाम्लुवामा सम्पन्न प्रशिक्षणमा जिल्ला अध्यक्ष सागर केरुङ्ले सहजीकरण गरेका थिए । फालेलुङका अग्रज ४२ जना नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा जिल्ला सदस्यद्वय प्रकाश केरुङ्, तिलबहादुर केरुङ्, संघीय बिद्यार्थी युनियन जिल्ला अध्यक्ष सुबास नुनाम केरुङ, संघीय युवा मञ्च, जिल्ला सचिव रामचन्द्र नेम्बाङ, सहसचिव गगन जबेगु, सदस्य सुजन मादेन लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष कुमार केरुङकाे अध्यक्षतामा त्यसैगरी सचिव कुमार यवाको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...