चुलाचुलीमा सामाजिक दुरी कायम गर्दै विद्यालयहरु सञ्चालन

 लिम्बुवान खबर
                       

चुलाचुली । ईलामको चुलाचुली गाउँपालिकामा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सावधानिका साथ सबै विध्यालयहरु सञ्चालन भएका छन् ।

कोरोनाका कारण पछि परेको नयाँ शैक्षिक शत्र सञ्चालनका लागी सरकारले स्थानिय तहहरुलाई निर्देशन दिएसंगै चुलाचुलीले आफ्नो गाउँपालिका भित्र रहेको सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु सञ्चालन गरेको हो ।

जनप्रतिनिधि, अभिभावक संघ, सामाजिक सुरक्षा समिति, विद्यालय सञ्चालक तथा सरोकारवाला निकायहरूसंगको छलफल पछि विद्यालय सञ्चालन सुरु गरिएको गाउँपालिकाको शिक्षा अधिकृत रामप्रसाद मिश्रले जानकारी दिएका छन् । गाउँपालिकामा रहेको २१ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालय प्रतिनिधीहरूको सुझाव अनुसार आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको उहाँले बताउनु भयो ।

बाल विकास तर्फका कक्षा नर्सरी, एल केजी र यु केजीलाई विद्यालयमा सन्चालन नगरि घरैमा वैकल्पिक पठन पाठनको व्यावस्था मिलाईएको र कक्षा एक देखि कक्षा १२ सम्म भने जोर बिजोर प्रणालीबाट दैनिक दुई शिफ्टमा कक्षा सन्चालन गरिएको शिक्षा अधिक्रित मिश्रले बताउनु भयो । पहिलो शिफ्ट बिहान १० बजे देखि १२ः४० सम्म र दोश्रो शिफ्ट दिउसोको १ बजे देखि ४ः२० सम्म सन्चालन गरिएको उहाँले जानकारी दिनु    भयो ।

बिद्यालय सञ्चालन गर्दा आवस्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाइजर, साबुन, सिटामोल तथा थर्मल गनहरू गाउँपालिकाको तर्फबाट विपद व्यावस्थापन समितिले उपलब्ध गराएको शिक्षा अधिक्रित मिश्रले बताउनु भयो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...