चुलाचुलीमा सामाजिक दुरी कायम गर्दै विद्यालयहरु सञ्चालन

 लिम्बुवान खबर
                       

चुलाचुली । ईलामको चुलाचुली गाउँपालिकामा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सावधानिका साथ सबै विध्यालयहरु सञ्चालन भएका छन् ।

कोरोनाका कारण पछि परेको नयाँ शैक्षिक शत्र सञ्चालनका लागी सरकारले स्थानिय तहहरुलाई निर्देशन दिएसंगै चुलाचुलीले आफ्नो गाउँपालिका भित्र रहेको सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु सञ्चालन गरेको हो ।

जनप्रतिनिधि, अभिभावक संघ, सामाजिक सुरक्षा समिति, विद्यालय सञ्चालक तथा सरोकारवाला निकायहरूसंगको छलफल पछि विद्यालय सञ्चालन सुरु गरिएको गाउँपालिकाको शिक्षा अधिकृत रामप्रसाद मिश्रले जानकारी दिएका छन् । गाउँपालिकामा रहेको २१ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालय प्रतिनिधीहरूको सुझाव अनुसार आवश्यक सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गरिएको उहाँले बताउनु भयो ।

बाल विकास तर्फका कक्षा नर्सरी, एल केजी र यु केजीलाई विद्यालयमा सन्चालन नगरि घरैमा वैकल्पिक पठन पाठनको व्यावस्था मिलाईएको र कक्षा एक देखि कक्षा १२ सम्म भने जोर बिजोर प्रणालीबाट दैनिक दुई शिफ्टमा कक्षा सन्चालन गरिएको शिक्षा अधिक्रित मिश्रले बताउनु भयो । पहिलो शिफ्ट बिहान १० बजे देखि १२ः४० सम्म र दोश्रो शिफ्ट दिउसोको १ बजे देखि ४ः२० सम्म सन्चालन गरिएको उहाँले जानकारी दिनु    भयो ।

बिद्यालय सञ्चालन गर्दा आवस्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाइजर, साबुन, सिटामोल तथा थर्मल गनहरू गाउँपालिकाको तर्फबाट विपद व्यावस्थापन समितिले उपलब्ध गराएको शिक्षा अधिक्रित मिश्रले बताउनु भयो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...