पत्रकार मञ्चकाे अक्षयकोषमा १८ हजार १ सय ८६ रुपैयाँ जम्मा

 लिम्बुवान खबर
                       

दमक /पत्रकार मञ्च दमक झापाको पत्रकार अक्षयकोषमा रु १८ हजार १ सय ८६ रुपैयाँ जम्मा गरिएको छ ।

मञ्चका अध्यक्ष मनकुमार गदालबाट रु ३ हजार ,सामाजिक अभियान्ता सम्झना तामाङबाट रु ११ हजार १ सय ११ र अन्य संघ संस्थाबाट प्राप्त भएको रु ४ हजार ७५ गरी शुक्रबार एनआईसी एसिया बैंक दमकमा रु १८ हजार १ सय ८६ रुपैयाँ जम्मा गरिएको मञ्चका कार्यवाहक कोषाध्यक्ष धन बहादुर थेवेले जानकारी दिए ।

 

मञ्चको २०७७ जेठ ३२ गते बसेको बैठकले पत्रकार अक्षयकोष नाममा बैंक खाता खोल्ने निर्णय गरेको थियो । त्यसका लागी पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाल संयोजक,कार्यवाहक कोषध्यक्ष धन बहादुर थेवे सदस्य ,कार्यसमिति सदस्य गीता ढुंगाना सदस्य रहेको समिती बनाइएको थियो ।

सोही अनुसार यहि अशोज १४ गते पत्रकार मञ्च दमकको (पत्रकार अक्षयकोष) ०३४४१५००३७१२१००२ नम्बरको खाता खोलीएको छ ।

आगामी केही बर्षमा नै रु ५ लाख रुपैयाँको अक्षयकोष बनाई त्यसबाट प्राप्त ब्याज रकमले यहाँ क्रियाशिल सञ्चारकर्मी तथा पत्रकारको हितमा काम गर्ने बताइएको छ ।

अक्षय कोषका लागी सानो विनियमावली तयारी समिती बनाएर प्रक्रियामा गई अक्षय कोष नियमावली पारित गरिने मञ्चका अध्यक्ष तथा अक्षयकोषका संयोजक मनकुमार गदालले बताए । गदालका अनुसार कसैको जन्मदिन विवाह ,व्रतबन्ध जस्ता उत्सवको अवसरमा पनि अक्षयकोषमा रकम जम्मा गर्न सकिनेछ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...