शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को शालिक अनावरण गरिन्दै

 लिम्बुवान खबर
                       

दमक।झापाको कमल खोला किनार पूर्व पश्चिम लोकमार्ग देखि २ सय मिटर उत्तरमा शसस्त्र प्रहरीको गोली लागि शहिद हुनुभएका राजकुमार आङ्देम्बे ‘माङ्तोक’ २०६४ असोज २० गते शहिद भएका हुन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान मञ्च मातहतका लिम्बुवान भोलेन्टियर्स (एल.भी.) भएर नेपालको ऐतिहासिक प्रथम संविधानसभाको चुनाव पूर्ण समानुपातिक प्रणालीको आधारमा हुनु पर्छ भन्ने अनिश्चितकालिन आमहड्तालको क्रममा आङ्देम्बेलाई गोली लागेको थियो ।

संघीय गणतान्त्रिक मोर्चाले समानुपातिकको मुद्दासँगै मूलत पहिचानमा आधारित लिम्बुवान सहितको १०+१ प्रान्तहरु लिम्बुवान, खम्बुवान/किरात, तामाङ्सालिङ, नेवाः, मधेश, तामाङ्सालिङ्, शेर्पा, थरुहट, मगरात, खसान र दलित शिल्पी प्रान्त स्थापनाको निमित्त पनि संघर्ष गरेको थियो ।

पूर्वमा अरुण सप्तकोशी पूर्वको नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य स्थापना गर्नु पर्छ भनी शुरु भएको लिम्बुवान आन्दोलनमा हजारौं युवाहरु लिम्बुवान भोलेन्टियर्स भएर लडिरहेको बेला आङ्देम्बे शसस्त्रको गोलीबाट ढल्न पुगेका थिए । चुलाचुली, इलाममा जन्मिएका आङ्देम्बेलाई आधुनिक लिम्बुवानका प्रथम राष्ट्रिय शहिद पनि भन्ने गरिएको छ ।

नेपाल सरकारले राष्ट्रिय शहिद घोषणा गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ प्रदान गरेको छ ।

शहिदको सम्मानमा चुलाचुली १, कमलमा पूर्णकदको शालिक निर्माण भईरहेको छ । शालिक निर्माणलाई अन्तिम रुप दिदै आगामी असोज २० गते अनावरण गर्ने कार्यक्रम रहेको र शालिक निर्माण अन्तिम चरणमा पुगेको शालिक निर्माण समितिका संयोजक कुमार तुम्बापोले बताएका छन् । शालिक निर्माणको निमित्त देश विदेशबाट आर्थिक सहयोग प्राप्त भईरहेको उक्त शालिक निर्माणमा करिब १४ लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न हुने समितिका कोषाध्यक्ष संगीता थलङ्ले बताएकी छन् ।

शहिद राजकुमार आङ्देम्बे माङ्तोकको रगतको सम्मान गर्दै लिम्बुवान र सरकार बिच २०६४ फाल्गुन १८ गते ५ बुँदे सहमति भएको र सोही सहमतिलाई टेक्दै ऐतिहासिक पहिलो संविधानसभाको चुनावमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ऐतिहासिक पहिलो संविधानसभाको चुनावमा भाग लिए शहिद राजकुमार आङ्देम्बे माङ्तोक–मनिल तामाङ् स्मृति प्रतिष्ठानका अध्यक्ष ज्ञान बहादुर गुरुङ्ले बताए ।

शालिक अनावरण कार्यक्रममा सुनसरी, झापा, मोरङ्, इलाम लगायतका जिल्लाहरुबाट उपस्थिति हुने जनाइएको छ ।

 

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...