झापामा १ जना पत्रकारसहित थप १९ जनामा कोरोना पुष्टि

 लिम्बुवान खबर
                       

झापा।  झापामा आज आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौंलागाईका अनुसार  ६ महिला र १३ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा बिर्तामोड नगरपालिका वडा न १,४,५,र ३ का २ जना महिला र ६ जना पुरुष हरु रहेका छन् । जसमा १ जना उदयपुर ठेगाना भएका सुरक्षाकर्मी ,१ जना स्वास्थ्यकर्मी  र १ जना पत्रकार रहेका छन् । बिर्तामोडका संक्रमित सबै स्थानीय बासिन्दा हुन् ।

यस्तै दमक नगरपालिका वडा न २,८,१,५ र ९ क ४ जना महिला र ५ जना पुरुषहरु रहेका छन् । जसमा १ जना भारतबाट आएका हुन् भने ८ जना स्थानीय बासिन्दा रहेका छन् भने २ जनाको स्वाब नोबेल मेडिकल कलेजबाट संकलन भएको हो ।

यसैगरी कमल गाउपलिका वडा न ४ का १ जना स्थानीय पुरुष र अर्जुनधारा नगरपालिका वडा न ४ क १ जना स्थानीय  पुरुषमा पनि संक्रमण पुष्टि भएको छ दुवै जनाको स्वाब संखुवासभाबाट संकलन भएको चौंलागाईले बताए  ।

आज संक्रमण पुष्टि भएका १९ जना संगै झापामा कुल संक्रमितको संख्या ९३० पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

सम्बन्धित समाचार

काठमाडौंका सुकुम्बासी बस्ती खाली गर्दै सरकारः मनाेहरामा झडप

काठमाडौं, १२ वैशाख । सरकारले काठमाडौं उपत्यकाका विभिन्न स्थान अतिक्रमण गरि बसोबास गरेका सुकुम्बासी बस्तीहरु आजबाट खाली गर्न शुरु गरेको छमना । बाग्मती नदी लगायत खोला किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गामा अतिक्रमण गरि बनाइएका...

झापाको कमलमा मिनी म्याराथन सम्पन्न

बसन्तराज सुब्बा, केर्खाबजार, झापा । “युवाको प्रतिवद्धता, लागु औषध दुव्र्यसनी मुक्त कमल गाउँपालिका” भन्ने नाराक साथ कमल युथ फाउन्डेशनको आयोजनामा मिनी म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । झापाको कलमस्थित केर्खाजारमा नयाँ बर्षको अवसरमा वैशाख १...

माङसेबुङकाे चालु आर्थिक वर्ष २०८२/०८३ को सार्वजनिक सुनुवाइ सम्पन्न

दमक । सेवा प्रवाहलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । गाउँ कार्यपालिकाको कार्यालय इभाङको प्राङ्गणमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम...

क्षितिज लाओतीको अध्यक्षतामा उपत्यका सयङ गठन

ललितपुर । पापोहाङ लाओती सयङ उपत्यका समिति गठन भएको छ । शनिबार ललितपुरस्थित सानो हात्तिवनमा क्षितिज लाओतीको अध्यक्षतामा नयाँ समिति गठन भएको हो । ताम्भुङ् चाँ, साक्मुरा वादेम्मा तथा सांस्कृतिक कार्यक्रममा पुरानो समिति भङ्ग गरि...