युवा मञ्चको सांगठनिक तथा राजनैतिक प्रशिक्षण सम्पन्न

 लिम्बुवान खबर
                       

फेदेन। संघीय युवा मञ्च जिल्ला कार्य समिति पाँचथरद्वारा आयाेजित एकदिने सांगठनिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आइतबार फेदेन बजार स्थित चुम्लुङ्हिमको सभाहलमा सम्पन्न भएकाे हाे ।

प्रशिक्षण कार्यक्रमलाइ बौद्धिक युवा नेता तथा पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक मधुराज केरुङ्ले सहजीकरण गरेका थिए ।

जिल्ला कार्य समितिका २७ जना युवा नेताहरूकाे सहभागीता रहेकाे प्रशिक्षण कार्यक्रममा संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति पाँचथरका अध्यक्ष सागर केरुङ लगायतका नेताहरूले मन्तव्य राखेका थिए ।

संगठनको दार्शनिक, सांगठनिक तथा आगामी आन्दोलन बारे प्रशिक्षण आयोजना गरिएको कार्य वाहक जिल्ला अध्यक्ष आधार घिमिरेले जनाए ।

 

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...