दमक नगरपालिका र वडा कार्यालयहरु चार दिनका लागि बन्द, मेयरलाई कोरोनाको आशंका

 लिम्बुवान खबर
                       

दमक/ झापाको दमक नगरपालिका कार्यालय र वडा कार्यालयहरु भोली २० असोजदेखि ४ दिनका लागि बन्द गरिएका छन ।

नगरपालिकाका पदाधिकारीलाई समेत कोरोना संक्रमण देखिएपछि कन्ट्रयाक ट्रेसिङ तयार गर्नुपर्ने भएकाले नगरपालिका कार्यालय र वडा कार्यालयहरु चार दिनका लागि बन्द गरिएको नगरपालिकाले आज आकस्मिक रुपमा सूचना जारी गरेर जनाएको छ । नगरपालिकाका तर्फबाट उपसचिव दिनेशकुमार न्यौपानेले आज हस्ताक्षर गरेर जारी गरेको सूचनामा सो कुरा उल्लेख छ ।

नगरपालिका स्रोतका अनुसार साेमबार दमकमा एक महिलासहित कूल ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज रिपोर्ट होल्ड भएका मध्ये दुई जना नगरपालिकाका पदाधिकारी हुन । नगरपालिकाका प्रमुख रोमनाथ ओली र १० नम्बर वडाध्यक्ष बोधराज न्यौपानेसहित केही अन्य नगरबासीको समेत कोरोना परिक्षण रिपोर्ट होल्डमा रहेको सम्बद्ध स्रोतले जनाएको छ ।

दमकका मेयरलाई कोरोनाको आशंका गरिएसँगै नगरपालिकाले कार्यालय र वार्ड कार्यालय ४ दिनलाई बन्द गरेको जनाएको छ ।

सम्बन्धित समाचार

आज किरात समुदायको चार्ड उधौली मनाईदैः नेवारले पनि यःमरी पुर्णिमा मनाउँदै

दमक, १८ मंसिर । मंसिरे पूर्णे अर्थात धन्यपूर्णिमाको दिन आज किरात समुदायले आफ्नो रितिरिवाज, परम्परा अनुसार विविध कार्यक्रम गरि मनाउँदैछन् । आफ्ना पूर्खाहरुको सम्मानमा किरातीहरुले चासोक, उभौली पर्व मनाउने गरेका छन् । किरात जातीहरु लिम्बुले...

उज्यालोको आज घोषणा सभा: मन्त्री घिसिङले सम्बोधन गर्ने

दमक, १७ मङ्सिर । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा आज दिउँसो १ बजे हुँदैछ । काठमाडौ श्थित प्रज्ञा भवन कमलादीमा पार्टीले औपचारिक घोषणा सभा गर्न लागेको हो । घोषणा सभा...

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...