फाल्गुनन्द साकोसको ९ औं साधारणसभा सम्पन्न

 लिम्बुवान खबर
                       

दमक । दमक ६ स्थित लिङदेन मार्गमा मुख्य कार्यालय रहेको फाल्गुनन्द बचत तथा ऋण सहकारी संस्थाले कोरोना संक्रमणको असरलाई मध्यनजर गरेर यस बर्षको ९ औं बार्षिक साधारणसभा एक साता लगाएर सम्पन्न गरेको छ ।

५ असोजमा बार्षिक प्रतिवेदन सार्वजनिक गरेर शुरु भएको साधारणसभा एक साता लामो सञ्चालन भएको थियो । संस्थाले मुख्य कार्यालय सहित विर्तामोड,कमलको मंगलवारे, मोरङको उर्लावारी, इलामको माङसेवुङस्थित भन्ज्याङ र शिवसताक्षीको झिलझिलेबाट आफ्ना शेयर सदस्यहरुलाई प्रतिवेदन उपलब्ध गराएको संस्थाका अध्यक्ष पदम लिङदेन (संकल्प ) ले बताए ।

संस्थाले आफना सेवा केन्द्रहरु मार्फत आलोपालो गरेर १३ असोजसम्म प्रतिवेदन उपलब्ध गराएको थियो । सो समय भित्र सम्पर्क गर्न नसकेका सदस्यहरुलाई निरन्तर प्रतिवेदन उपलब्ध गराउँदै सुझाव लिएर साधारणसभा सम्पन्न गरिएको संस्थाका व्यवस्थापक कुबेर तुम्बापोले जानकारी दिए ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण सहकारीले यसबर्ष भव्य रुपमा साधारणसभा सम्पन्न गर्न कठिनाई भएकाले क्षेत्रगत आधारमा साधारणसभा गर्नु परेको संस्थाका सचिव दिलीप जवेगुले वताए । साधारणसभामा अध्यक्ष लिङदेनसहित लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो ।

साधारणसभा पछि संस्थाका सञ्चालक समितिसहित विभिन्न उपसमितिको संयुक्त बैठकले साधारणसभाको समीक्षा समेत सम्पन्न गरिएको कोषाध्यक्ष फूलकुमारी आङदेम्बेले वताईन् । समीक्षा बैठक संस्थाको मुख्य कार्यालयमा शनिवार सम्पन्न गरिएको तथा बैठकले साधारणसभा सम्पन्न गर्न सहयोग पुरयाँउने शेयर सदस्यसहित अहोरात्र खट्ने कर्मचारीलाई धन्यवाद दिने समेत निर्णय भएको उनले जनाईन् ।

सेवा केन्द्र विस्तार गरिँदै

दमक सहित विर्तामोडमा सेवा केन्द्र सञ्चालनमा रहेको सो संस्थाले यस बर्ष झापाको शिवसताक्षी र मोरङका उर्लावारी समेत सेवा केन्द्र विस्तार गर्न प्रस्ताव अघि बढाएको छ । साधारणसभाको कार्यसूचि अनुसार माईपूर्व क्षेत्रका शेयर सदस्यहरुका लागि विर्तामोडस्थित सेवा केन्द्रमा असोज ७ गते, शिवसताक्षी क्षेत्रका लागि झिलझिलेमा असोज ८, ९ गते कमल गाँउपालिकाको मंगलवारेमा , १० गते इलामको माङसेवुङ क्षेत्रका लागि भन्ज्याङमा, दमक वडा नम्बर १, ७, ८, ९ र १० का शेयर सदस्यका लागि असोज ११ ,दमक २, ३, ४, ५ , ६ र ७ का शेयर सदस्यका लागि असोज १२ गते र मोरङको उर्लावारी क्षेत्रका शेयर सदस्यका लागि असोज १३ गते प्रधान कार्यालय दमकमा साधारणसभाको प्रतिवेदन उपलव्ध गराइएको थियो । झापा जिल्लाभरि कार्यक्षेत्र रहेको सो सहकारीमा पुरुष ४३८ र महिला ६३७ गरि १०७९ जना शेयर सदस्य छन् ।

शेयर पूंजीमा बृद्धि

गएको आर्थिक बर्षसम्म संस्थाको २ करोड ७९ लाख १४ हजार ७ सय कुल शेयर पूंजी ,बचत ८ करोड १ लाख २४ हजार ७ सय १५,कर्जा लगानी १० करोड ७० लाख ९१ हजार ९१ रुपैया पुगेको प्रतिवेदनमा उल्लेखछ ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...