जसपा निकट युवाको मोटरसाइकल र्याली विवादित

 लिम्बुवान खबर
                       

दमक। पूर्व सङ्घीय समाजवादी फोरम निकट समाजवादी युवा फोरम झापा र नयाँ शक्तिनिकट युवा शक्ति नेपाल झापाले असोज २२ गते हुने भनिएको झापा जिल्लाव्यापी मोटरसाइकल र्यालीमा आफूहरुको संलग्नता नरहने जनाएको छ ।

जसपा निकट युवा संगठनमा उत्पन्न विवादसँगै केपी ओली सरकारको भ्रष्ट गतिविधि विरुद्ध जिल्लामा आह्वान गरिएको मोटरसाइकल र्याली विवादित बनेको हो । बुधबार दमकमा समाजवादी युवा फोरम झापा र युवा शक्ति नेपाल झापाले संयुक्ति पत्रकार सम्मेलन नै गरेर युवा संगठनका नाउँमा कुनै गतिविधि नगर्न भनेको हो ।

झापा जिल्लामा युवा संगठनको समायोजन नभएको जिकिर गर्दै दुई संगठनले जारी गरेको प्रेस विग्यप्तिमा भनिएको छ – ‘पार्टी मातहतका आधिकारिक युवा संगठनहरुको विधिवत समायोजन कार्य सम्पन्न नभएको अवस्थामा हाल जनता समाजवादी पार्टी निकट युवा संगठनको नाममा गलत र असांगठानिक गतिविधि भैरहेको सन्दर्भमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

समाजवादी युवा संघ प्रदेश १ समितिको नाममा आफूहरु विरुद्ध अराजनीतिक र असांगठानिक विग्यप्तिवाजीमा सत्यता नरहेको समाजवादी युवा फोरम झापा अध्यक्ष खेम दाहाल र युवा शक्ति नेपाल झापाका उपाध्यक्ष प्रज्वल भण्डारीबाट जारी संयुक्त विग्यप्तिमा उल्लेख छ ।

विग्यप्तिमा जनता समाजवादी पार्टी निकट युवा संगठनका गतिविधि गर्नु अघि पूर्व ससफो र नयाँ शक्ति निकट युवा संगठनहरुबीच विधिवत र समायोजन निर्देशिका बमोजिम संगठन समायोजन प्रकृया सम्पन्न गर्न समाजवादी युवा संघ प्रदेश समिति, केन्द्रीय समिति र पार्टी निकट समितिहरुलाई आह्वान गरिएको छ । जनता समाजवादी पार्टी निकट युवा संगठनले झापामा गर्ने भनेको विरोध र्याली विवादित बनेको छ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...