झापाको कमल गा.पामा लिम्बुवान भोलेन्टियर्स उपफिल्ड कमाण्डर गठन

,   लिम्बुवान खबर
                       

कार्यक्रममा संघीय लोकतांत्रिक राष्ट्रीय मञ्च , संघिय लिम्बुवान मञ्च , नेपाल अंतर्गत लिम्बुवान भोलेन्टियर्सको समन्वयमा केंद्रीय उपकमाण्डर कमल इंचार्ज बसन्त राज योङहाङको संयोजत्वमा कमल मञ्चका अध्यक्ष असोक राईको अध्यक्षता प्रमुख अतिथि मञ्चका केंद्रीय सचिब तथा केंद्रीय L.V प्रबक्ता राजु राईको उपस्थितमा उपफिल्ड कमाण्डर नियुक्ति गरिएको छ ।

प्रमुख अतिथि प्रबक्ताले भने हाम्रो आन्दोलन जब सम्म लिम्बुवान प्राक्त हुदैन जब सम्म लड़ी रहने छौ । हामी संगठन विस्तार सबै क्षेत्र ,ठाऊँ सम्पूर्ण समुदायहरुलाई बुझाउनु पर्दछ र हामी आफै पनि सक्षम बन्नू पर्ने र कमाण्डमा हुने पर्ने गुण अनुशासन रहेर पार्टीको विधान L.V विनिमय अनुरूप पालना गर्नु पर्ने बताए । हिजो असोज २० राष्ट्रिय शहिद राजकुमार आङ्देम्बे ‘माङ्तोक’को पूर्णकदको शालिक १३ औ माङ्तोक स्मृति दिवसको अवसरमा इलामको चुलाचुलीमा शालिक अनावरण गरिएको थियो । हाम्रो आन्दोलन क्रममा लिम्बुवान शहिद हुनुभएका राजकुमार आङ्देम्बेको रगतलाई सुक्न नदिने बताउनु भयो ।

उक्त कार्यक्रममा लिम्बुवान भोलेन्टियर्स पद नियुक्ति ४ उपफिल्ड कमाण्डरहरु आस बहादुर केरुङ , संतोष लिम्बू , नवराज राई , विजू थेबे कमाण्डरहरुलाई केंद्रीय कमाण्डर प्रबक्ता राजु राईको हातबाट नियुक्ति पत्र हस्तांतरण गरिएको छ भने सीनियर सिभिल ३ कमाण्डरहरु राज माबो , सन्दीप मेनाङम्बो , अम्बर लिम्बू र सिभिल कमाण्डर संजीब लिम्बू कमाण्डरहरुलाई नियुक्ति पत्र हस्तांतरण विशिष्ट अथिति केंद्रीय सचिवालय सदस्य बल नाथ नाल्बोको हातबाट गरिएको छ ।

कार्यक्रममा मंतव्य अथिति केंद्रीय सदस्य सुर्य प्रसाद याक्पादेन , बुद्धिजीबी सामाजिक व्यक्तित्व बीरेंद्र याक्थुङबाले दिएका छन् ।

त्यसै गरी अतिथिमा केंद्रीय सदस्य प्रकाश नेम्वाङ , केंद्रीय सदस्य मनकुमार थलुङ , केंद्रीय सीनियर उपकमाण्डर याम थेबे , केंद्रीय सीनियर उपकमाण्डर सुमन लिम्बू , फिल्ड कमाण्डर जितेन आङदेम्बे, पार्टीका जिल्ला सदस्य नरेन्द्र लावती , कमल उपाध्यक्ष लिला राई लगायतले पद नियुक्ति कमाण्डरहरुको कार्य योगदान प्रति चर्चा गर्दै बधाई दिएका छन् ।

कार्यक्रममा उपस्थित केंद्रीय नेता , केंद्रीय कमाण्डर L.V भोलेन्टियर्स , कमल कार्य समिति लगायत १०५ जना भन्दा बढ़ि कार्यक्रताहरुको उपस्थित रहेको थियो भने कार्यक्रम संचालक मञ्चका कमल सचिब बिजेंद्र मेनाङम्बोले गरेका छन् ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;