सरकार विरुद्ध जसपा सम्बद्ध युवासंघकाे बिरोध प्रदर्शन

,   लिम्बुवान खबर
                       

झापा । सरकारको बिरुद्धमा प्रधानमन्त्रीको गृहजिल्ला झापामा व्यापक बिरोध प्रदर्शन भएको छ । जनता समाजवादी पार्टी नेपाल सम्बद्व युवा संगठन (समाजवादी युवा संघ, राष्ट्रिय युवा संघ) झापा जिल्ला कमिटीकाे आयाेजनामा पार्टी एकताको सन्देश प्रवाह गर्दै सरकारको बेथितिको बिरुद्ध प्रदर्शन गरेको हो ।

 

पार्टी एकताको सन्देश सगसँगै सरकारकाे बेथिति, भ्रष्टाचार, कालाेवजारीकाे बिरुद्ध दमक देखि काँकडभिट्टा सम्म बृहत् खबरदारी माेटरसाइकल र्याली सम्पन्न गरेकाे जसपा निकट युवा संगठनका जिल्ला अध्यक्ष महेन्द्र कट्वालले जानकारी दिए । र्यालिकाे उद्घाटन पार्टीका केन्द्रीय नेता नित्यानन्द ताजपरियाले रिवान काटेर गर्नु भएकाे थियाे भने र्याली काँकडभिट्टा बजार परिक्रमा गर्दै भन्सार चाेकमा पुगेर काेणसभामा परिणाम भएकाे थियाे ।

काेणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश संसद राधा थापा, जिल्ला अध्यक्ष दिपेन बाला राई, पुर्व राजपाका जिल्लाका बरिस्ठ नेता सन्ताेष गणेश, राष्ट्रिय युवा संघका प्रदेश अध्यक्ष राेशन लिम्बू र समाजवादी युवा संघ प्रदेश महासचिव पवन विष्टले सम्वाेधन गरेका थिए भने समाजवादी युवा संघका झापा जिल्ला अध्यक्ष महेन्द्र कटुवालले समापन गरेका थिए ।

र्यालिमा पार्टीका केन्द्रीय नेताहरु विश्वानाथ राजवंशी, भक्त खेवाङ, धनप्रसाद गुरुङ, निर्मला तावा, युवाका केन्द्रीय सचिवालय सदस्य रजनि श्रेष्ठ केन्दिय सदस्य सराेज श्रेष्ठ, प्रदेश उपाध्यक्षहरु टाईसन लिम्बू, रमेश तुया राई, ताेया न्याैपाने, राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष हेमराज श्रेष्ठ लगायत पार्टीका संघिय परिषद सदस्य, प्रदेश सदस्यहरु युवा, विधार्थी, महिला संगठनका केन्द्रीय, प्रदेश र जिल्लाका नेताहरु लगायत करिव ३०० माेटरसाईलमा ५०० जनाकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा कर्मविर युवा संगठन काकडभिट्टाले पनि ऐक्यबद्धता जनाएको थियाे । संगठनकाे तर्फबाट नारायण कडरियाले ऐक्यबद्धता जनाएका थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;