जसपा र कांग्रेस परित्याग गरि नेकपामा प्रवेश

 लिम्बुवान खबर
                       

माङसेबुङ। इलामकाे माङसेबुङ गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) र नेपाली कांग्रेस परित्याग गरि नेकपा प्रवेश गरेकाे छ । विना सर्त स्वइच्छाले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेकाे पार्टी स्राेतले जनाएकाे छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माङसेबुङ गाउँ कमिटि अध्यक्ष हेमन्त राईका अनुसार पार्टी परित्याग गरि नेकपामा प्रवेश गर्नेहरूमा माङसेबुङ ५ का जनता समाजवादी पार्टी इलाम जिल्ला सदस्य तथा पार्टी सम्बद्ध शिल्पि (दलित) संगठनका केन्द्रीय सदस्य तथा १ नम्बर प्रदेश उपाध्यक्ष लक्ष्मी कार्की दर्जी, माङसेबुङ ६ साविक बाँझाे ६ का नेपाली कांग्रेसका क्रियाशिल सदस्य कविचन्द्र राई, माङसेबुङ ६ साविक बाँझाे ३ का नेपाली कांग्रेसका अन्जु राई लगायतका व्यक्तिहरूले पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेकाे हाे ।

नवप्रवेशीहरूलाई पार्टीकाे उचित जिम्मेवारि दिई पार्टी र समाजकाे लागि क्रियाशिल बनाउने नेकपा माङसेबुङ गाउँ कमिटिले जनाएकाे छ ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...