प्रदेश ५ को नामाकरण लुम्बिनी राखिएकोमा संघीय मञ्चको आपत्ती

 लिम्बुवान खबर
                       

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश नं. ५ को नामाकरण लुम्बिनी राखिएको प्रति घोर आपत्ति र विरोध जनाएको छ ।

अध्यक्ष कुमार लिङ्देन मिराकले आज जारी गरेको विज्ञप्तिमा प्रदेश नं. ५ को नामाकरण पहिचान विरोधी र पञ्चायतकालिन शब्द लुम्बिनी राखिएको प्रति जनाउँदै जनयुद्धमा सबैभन्दा धेरै शहिद भएका मगर र थारुहरुको पहिचान समेट्ने मगरात–थरुहट राखिनु पर्ने विज्ञप्तिमा उल्लेख गरेका छन् । मगर र थारुहरुको अस्तित्व नै तहसनहस हुनेगरी चिराचिरा पारेर ल्याएको प्रदेशको नामाकरण एकात्मकवादी भएको टिप्पणी अध्यक्ष लिङ्देनले गरेका छन् ।

द्वन्द्वकालमा युद्धमा होमाउने प्रचण्ड र प्रधानमन्त्री ओली प्रति कटाक्ष गर्नुहुँदै लिङ्देनले २ नं. प्रदेश बाहेकका सबै प्रदेशमा नेकपाको दुईतिहाईको सरकार भएको हुँदा आफ्नो अनुकुलमा प्रदेशहरुको नामाकरण गरी र अस्तित्व विनाको प्रदेशको नामाकरण गरेर सिंगो आदिवासी जनजाति मधेसी दलितशिल्पी माथि अपमान गरेको अध्यक्ष लिङ्देनले आरोप लगाएका छन् ।

प्रदेशको नामाकरण गर्दा प्रदेश सभामा छलफल नै नगरी काठमाडौंमा ओली–प्रचण्डले नाम र राजधानी घोषणा गरी प्रदेश सदस्यहरुबाट पारित गराउने अलोकतान्त्रिक क्रियाकलापले मूलक द्वन्द्व तर्फ ढिलो चाढो धकिल्दै गएको प्रति अध्यक्ष लिङ्देनले चिन्ता व्यक्त गर्दै नेकपाको लोकतन्त्र विरोधी, निरंकुश तानाशाह बन्दै गएको हुँदा १७ सालको कालोदिन फर्काउन नेकपा लागेका हुँदा जनता सजक हुनु पर्ने लिङ्देन जनाएका छन् ।

विश्वबाटै लोप भैसकेको पहिचान विरोधी, निरंशुक तानाशाहहरुले नेपालका आदिवासी, दलितशिल्पी खस मधेशी समुदायलाई झुक्याएर सत्ता हडप्न सफल भएको हुँदा नेकपाको राक्षसी आँखाबाट निस्किएर परिवर्तनको लागि आम जनता आन्दोलनमा आउन विज्ञप्तिमा मार्फत अध्यक्ष लिङ्देनले आव्हान गरेका छन् ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...