फेसबुकले नेपालका ७५ सय सार्वजनिक स्थलमा थाल्यो फ्रि-वाइफाइ सेवा

 लिम्बुवान खबर
                       

काठमाडौं । फेसबुकले नेपालमा ‘एक्सप्रेस-वाइफाइ’ सेवा सुरु भएको घोषणा गरेको छ । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकसँगको सहकाय गर्दै फेसबुकले नेपालका ७ हजार ५०० स्थानमा निःशुल्क एक्सप्रेस वाइफाइ थालेको बताएको हो ।

बिहीबार भएको पत्रकार सम्मेलनमा वर्ल्डलिंकले नेपालका सार्वजनिक स्थानमा यस्ता सेवा उपलब्ध हुने बताएको छ ।

फेसबुकले यस्तो वाइफाइ सेवाका लागि अन्य देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्छ । एसियामा छनोट भएका भारत र नेपालमा फेसबुकले यसप्रकारको सेवा थालेको छ । सस्तो, भरपर्दाे र उच्च गतिको सार्वजनिक वाइफाइ प्रदान गर्न दुई कम्पनीबीचको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने दावी गरिएको छ ।

यो सेवाका लागि वर्ल्डलिंकलाई फेसबुकले पूर्वाधासहित आवश्यक उपकरण उपलब्ध गराउनेछ ।अब निःशुल्क वाईफाईका लागि एक्सेस प्वाइन्ट, नेटवर्क र ब्यान्डविथ कम्पनीको भएपनि फेसबुकले सफ्टवेयर प्लेटर्फम उपलब्ध गराउनेछ ।

अब पहिलेजस्तो एकपटक नेटवर्कमा कनेक्ट भएपनि पटक-पटक कोड राखेर कनेक्ट हुनपर्ने छैन । यसरी कम्पनीले १५ मिनेटदेखि दुई घण्टाको सीमा तोकेर निःशुल्क वाइफाइ सुविधा दिनेछ । तोकिएको अवधि सकिएपछि फेरि कनेक्ट गर्न सकिनेछ ।

वर्ल्डलिंकका सीईओ केशव नेपालले फ्रि वाइफाइ सेवा यसअघिबाटै दिइँदै आएपनि अब फेसबुकसँगको सहकार्यबाट सेवा प्रभावकारी बन्ने बताए । कम्पनीले  हाल देशभर १० हजार स्थानमा सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको छ ।

यस्ता वाईफाइमा केवाईसी अनिवार्य भने छ । कम्पनीले यो परियोजनालाई सामाजिक उत्तरदायित्व अन्तरगत राखेर प्रवर्द्धन गरिरहेको छ ।

अब यस्ता सार्वजनिक वाइफाइ स्पटमा एकपटक कनेक्ट भएपछि अन्य स्थानमा वाइफाइमा स्वतः कनेक्ट हुने गरी सेवा विस्तार भएको छ ।

यस्तो वाइफाइमा जोडिन आफ्नो मोबाइल नम्बर राख्नुपर्छ । मोबाइलमा कोड आएपछि त्यसबाट सेवामा दर्ता हुन सकिन्छ । लोकल नम्बर नभए ह्वाट्सएप नम्बर पनि प्रयोग गर्न सकिने छ ।

कम्पनीले देशका ३० हजार ठाउँमा यस्तो सेवा विस्तार गर्ने लक्ष्य पनि राखेको छ । अब ग्रामीण भेगलाई प्राथमिकतामा राख्ने योजना छ ।

फेसबुकका ग्रोथ म्यानेजर अमित सिंहले फोरजी नेटवर्कमा यस्ता सेवाले चाप घटाउने बताए । उच्च गतिको इन्टरनेट सेवका पाउन एक्सप्रेस वाइफाइले सघाउने उनको भनाइ छ । यो सेवाका लागि फेसबुकले वर्ल्ड लिंकलाई क्लाउडमा आधारित सफ्टवेयर सिस्टम उपलब्ध गराएको छ ।

वर्ल्डलिंकका प्रबन्ध निर्देशक दिलीप अग्रवालले सुरुआतबाटै कम्पनीले जनतालाई अनेकन किसिमबाट स्तरीय सुविधा दिन खोजको बताए । सरकारले आईएसपीलाई छुट्याएको फि्रक्वेन्सी उपलब्ध गराए कम्पनीले डाटा सेवा पनि थाल्ने बताए ।

अब फेसकुकको सफ्टवेयर सिस्टमबाट सार्वजनिक वाइफाइ सेवा अझ प्रभावकारी बन्ने उनको दावी छ । (Onlinekhabar.com)

सम्बन्धित समाचार

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...

तिम्सिनाले बजारमा ल्याए पुस्तक “नेपालको बैङ्किङ इतिहास”

दमक, १ कार्तिक । बैङ्क केवल मुद्रा राख्ने थलाे मात्र नभएर अर्थतन्त्रको मुख्य अङ्ग हाे । नेपालमा बैङ्क खुलेको ८८ बर्ष पुगेको छ । राणाकालीन अबस्था देखि वर्तमान समय सम्मका नेपालको बैङ्ककाे इतिहास समेटिएको पुस्तक...

नेपाल आईसीसी टी–२० विश्वकप छनोटको च्याम्पियनः २०२६ को विश्वकपमा स्थान पक्का

ललितपुर, ३० असोज । नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि जितेको छ । शुक्रबारको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल जितेर च्याम्पियन बनेको...

केहेर र गंगाको ‘भेटै भयो वैसमा’ भिडियो सार्वजनिक

ललितपुर/पछिल्लो समय दर्शक स्रोताहरुको मनमा बस्न सफल उम्दा गायक केहेर सिंह लिम्बू र सुमधुर आवाजकी धनी गायिका गंगा फियाकको आवाजमा सजिएको विल्कुलै नयाँ गित ‘भेटै भयो वैसमा सार्वजनिक गरिएको छ । यासेली योङहाङको शव्द तथा...