मोरङकाे मिक्लाजुङमा लिम्बुवान भोलेन्टियर्सको मोटरसाईकल रर्याली संगै फिल्ड कमाण्ड गठन

,   लिम्बुवान खबर
                       

मोरङ। उत्तरी मोरङकाे मिक्लाजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल अन्तर्गत लिम्बुवान भोलेन्टियर्सले वर्तमान सरकारको उदाङ्गो कार्यशैली प्रति खबरदारी गर्दै मोटरसाईकल रयाली गरेको छ ।

मोटरसाईकल रयाली मिक्लाजुङ् ३ धोवेनीदेखि किरात चौक साखारे हुँदै मिक्लाजुङ् ४ को संगम चौकको किरात निसाम हिममा पुगेर समाप्न भएको थियो ।

किरात निसाम हिमको सभाहलमा लिम्बुवानका बरिष्ठ उपाध्यक्ष ज्ञान बहादुर गुरुङकाे प्रमुख आतिथ्यता एवं मञ्चका सचिव तथा लिम्बुवान भोलेन्टियर्सका प्रवक्ता राजु राईको विशेष आतिथ्यता त्यसैगरी के.सचिवालय सदस्य रामचन्द्र थापामगर, लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमाण्डरहरु, मञ्चका जिल्ला नेताहरुको समेत कार्यक्रममा आतिथ्यता थियो ।

उक्त कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष गुरुङ् लिम्बुवान भोलेन्टियर्स (एल.भी.) भनेको लिम्बुवान आन्दोलनको मेरुदण्ड हो । लिम्बुवान भूमिको रक्षाको लागि अहोरात्र खटिन्ने भोलेन्टियर्सले विगत १५ बर्ष देखि लडिरहेको हुँदा मञ्चले भोलेन्टियर्सको सधै उच्च सम्मान गर्ने बताए । त्यसैगरी विशेष अतिथि एल.भी. प्रवक्ता राजु राईले नौ जिल्ला लिम्बुवानको सबै जिल्ला कमाण्ड, फिल्ड कमाण्डहरुलाई शसक्त बनाई लिम्बुवान आन्दोलन लगायत मञ्चले ल्याएको सबै प्रकारको कार्यक्रममा साथ दिने वताउँनु हुँदै एल.भी. भनेको भूमिको रक्षक हौं, एल.भी.ले लिम्बुवान वचाउन जस्तैसुकै परिस्थितिसँग लड्न सक्ने क्षमताको विकास गर्नका निमित्त यस्तो कार्यक्रमहरु निरन्तर गरिनु पर्नेमा जोड दिए ।

कार्यक्रममा लिम्बुवान भोलेन्टियर्स (एल.भी.) मिक्लाजुङ् फिल्ड कमाण्ड राम याक्थुङ्वाको कमाण्डमा ६४ सदस्यीय कमाण्ड समेत गठन भएको छ । सिनियर सिभिल कमाण्डरहरुमा सुखम राई र केशव नेपाली चयन भएको एल.भी. केन्द्रीय सिनियर कमाण्डर गणेश मिभकले जनाएका छन् ।

 

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;