समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडेरेशन बिच एकता समायोजन सम्पन्न

,   लिम्बुवान खबर
                       

काठमाडाैं। जनता समाजवादी पार्टी निकट मजदुर संगठन समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडेरेशनबीच एकता समायाेजन गरिएकाे छ ।

शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुई संगठनबिच एकता समायाेजन गरिएकाे हाे ।

उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका सहअध्यक्ष नारायण थापाकाे नेतृत्वमा सयौ श्रमिकहरु समाजवादी ट्रेड युनियन महासंघमा समाहित भएका हुन् ।

समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङले महासंघमा समाहित भएकाहरुलाई पूर्व पार्टीको हैसियत, योगदान, कार्यक्षमता, दक्षता क्रियाशीलताको आधारमा मुल्याङकन गरी पार्टी तथा महासंघका विभिन्न समिति, विभाग, तथा भूगोलमा जिम्मेवारी दिइने बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । त्यसैगरी जसपाका राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी र रकम चेम्जोङ लगायत नेताहरू समेत उक्त समायाेजनमा सहभागी थिए ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;