समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडेरेशन बिच एकता समायोजन सम्पन्न

 लिम्बुवान खबर
                       

काठमाडाैं। जनता समाजवादी पार्टी निकट मजदुर संगठन समाजवादी ट्रेड युनियन महासंघ र ट्रेड युनियन फेडेरेशनबीच एकता समायाेजन गरिएकाे छ ।

शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित कार्यक्रममा दुई संगठनबिच एकता समायाेजन गरिएकाे हाे ।

उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन फेडरेशनका सहअध्यक्ष नारायण थापाकाे नेतृत्वमा सयौ श्रमिकहरु समाजवादी ट्रेड युनियन महासंघमा समाहित भएका हुन् ।

समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष लालध्वज नेम्वाङले महासंघमा समाहित भएकाहरुलाई पूर्व पार्टीको हैसियत, योगदान, कार्यक्षमता, दक्षता क्रियाशीलताको आधारमा मुल्याङकन गरी पार्टी तथा महासंघका विभिन्न समिति, विभाग, तथा भूगोलमा जिम्मेवारी दिइने बताए ।

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । त्यसैगरी जसपाका राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी र रकम चेम्जोङ लगायत नेताहरू समेत उक्त समायाेजनमा सहभागी थिए ।

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...