राष्ट्रिय बहुमुखी सहकारीको साधारणसभा शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक। दमक–८ स्थित दुइ दशक यात्रा पार गरिसकेकाे राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २१ औं बार्षिक साधारणसभा आजबाट शुभारम्भ भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै संस्थाले आउदो कार्तिक ४ गते समापन हुने गरि साधारणसभा शुरु गरेको हो ।
यसबर्ष कोरोना महामारीका कारण साधारण सभा अन्तर्गत सदस्यहरुलाई प्रतिवेदन वितरण र राय सुझावहरु यहि कर्तिक १ गतेसम्म बुझाई सक्ने गरि साधारणसभा शुरु गरिएको सचिव लछुदास राईले वताएका छन् ।

संस्थाको आफनै सभाकक्षमा आज औपचारिक रुपमा एक कार्यक्रम गरि साधारणसभाको अध्यक्ष जितमान राईले उद्घाटन गरे । त्यस्तै उनले सञ्चालक समितिले साधारणसभाका लागि प्रस्तुत गरिने बार्षिक प्रतिवेदन पुस्तिका समेत सार्वजनिक गर्नुका साथै केक समेत काटेका थिए ।
साधारणसभाको उद्घाटनका क्रममा अध्यक्ष राईले सहकारीले आफना शेयर सदस्यहरुलाई अझ बढी सेवा, सुविधा पुरयाँउन प्रयत्नशील भएको जोड दिए ।


सभामा सहकारीका उपाध्यक्ष धनराज राई, कोषाध्यक्ष चन्द्रमाया लिम्बु, सदस्यहरु दिपेनवाला राई, फूलसरी राना, पदमबहादुर तामाङ, टंक दुलाल, राजेन्द्र लिम्बुसहित ऋण उपसमितिका संयोजक पारषमणि राई, व्यवस्थापक कृष्ण गोले लगायतका सञ्चालक सदस्यहरू, विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।


संस्थामा गएको वर्षसम्म २६ संस्थागत, ३९६ महिला र ५२१ पुरुष गरि कुल ९४३ जना शेयर सदस्य रहेको छ भने शेयर पूंजी ५ करोड ७ लाख २४ हजार ५५ रुपैया पुगेको छ । त्यस्तै कर्जा लगानी २३ करोड ३४ लाख ४४ हजार १ सय ९८ रूपैयाँ भएकाे छ भने याे वर्ष ५९ लाख ६ हजार ४२२ रुपैया मुनाफा गरिएको प्रतिवेदनमा उल्लेख छ ।

यसैवीच, सहकारीले आफनो बार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसर पारेर बुधबार आयोजना गरिएको रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा १४ महिलासहित ५२ जनाले रगतदान गर्नुका साथै रेडक्रस दमक उपशाखा दमक र रेडक्रस लखनपुर उपशाखाद्वारा सञ्चालित एम्बुलेन्सका चालकलाई १ र १ सेट पिपिई समेत हस्तान्तरण गरिएको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...