यी हुन् भारतको प्रविधि जगतका शीर्ष १० अर्बपतिहरु

 लिम्बुवान न्युज
                       

काठमाडौं। कोरोना भाइरस महामारीका कारण सन् २०२० विश्वभर नै प्रविधि क्षेत्रका लागि समेत चुनौतिपूर्ण रह्यो ।

यद्यपि भारतका अर्वपतिहरुको सूचि सार्वजनिक गर्ने आइआइएफएल वेल्थ रिपोर्ट अनुसार यो वर्ष भारतमा थप १ सय ६१ जना नयाँ अनुहारहरु अर्बपतिको सूचिमा उक्लिन सफल भए ।

भारतको प्रविधि जगत आफैंमा निकै विशाल छ र धेरै अर्बपतिहरु यो क्षेत्रले जन्माएको छ । भारतको प्रविधि क्षेत्रका सबैभन्दा धनी १० अर्बपतिहरुको सूचि यस्तो छ :

१. शिव नादार : एचसिएल कम्पनीका संस्थापक नादार भारतका सबैभन्दा धनी प्रविधि अर्बपति हुन् । उनको सम्पत्ति १४ खर्ब १७ अर्ब भारु रहेको छ ।

२. आजिम प्रेमजी : विप्रो कम्पनीका संस्थापक अध्यक्ष प्रेमजी भारतका प्रविधि अर्बपतिको सूचिमा दोश्रो स्थानमा छन् । उनको सम्पत्ति ११ खर्ब ४४ अर्ब भारु रहेको छ ।

३. जय चौधरी : क्लाउड कम्प्युटिङ्ग कम्पनी स्कालरका सिइओ, अध्यक्ष तथा संस्थापक चौधरीको सम्पत्ति ६ खर्ब ५८ अर्ब भारु रहेको छ ।

४. सुनिल मित्तल : भारती इन्टरप्राइजेजका संस्थापक तथा अध्यक्ष मित्तल २ खर्ब ५५ अर्ब भारु सम्पत्ति सहित पाँचौ स्थानमा रहेका छन् ।

५. विजय शेखर शर्मा : पे टिम कम्पनीका संस्थापक तथा सिइओ शर्माको कूल सम्पत्ति २ खर्ब ३० अर्ब भारु रहेको छ ।

६. बिजु राभीन्द्रन : शिक्षा प्रविधि तथा अनलाइन शिक्षण कम्पनीको रुपमा रहेको बिजु कम्पनीका मालिक रभीन्द्रनको सम्पत्ति सन् २०२० मा ११३ प्रतिशतले बढेको छ । उनको कूल सम्पत्ति हाल २ खर्ब ४० करोड भारु पुगेको छ ।

७. एस गोपालकृष्णन् : इन्फोसिस कम्पनीका पूर्व सिइओ तथा सस्थापक गोपालकृष्णन्को सम्पत्ति १ खर्ब ८१ अर्ब भारु रहेको छ ।

८. एनआर नारायण मुर्थी : इन्फोसिस कम्पनीका सहसस्थापक रहेका मुर्थीको सम्पत्ति १ खर्ब ६४ अर्ब भारु रहेको छ ।

९. दिव्यांक टुराखिया : मेडिया नेट कम्पनीका संस्थापक टुराखियाको सम्पत्ति १ खर्ब ४० अर्ब भारु रहेको छ ।

१०. आमोद माल्भिया : इ-कमर्श प्लाटफर्मको रुपमा रहेको उडान कम्पनीका सहसंस्थापक रहेका माल्भियाको सम्पत्ति सन् २०२० लागेयता २७४ प्रतिशतले बढेको छ । भारतका टपटेन प्रविधि अर्बपतिको सूचिमा पर्न सफल उनको कूल सम्पत्ति १ खर्ब ३० अर्ब भारु रहेको छ ।

–एजेन्सीको सहयोगमा (अनलाइन खबरबाट)

सम्बन्धित समाचार

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...