हिलिहाङमा सुमन योङहाङकाे अध्यक्षतामा ‘संघीय युवा मञ्च’ गठन

 लिम्बुवान न्युज
                       

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ३ पञ्चमीमा सुमन योङ्हाङ्को अध्यक्षतामा संघीय लिम्बुवान मञ्च, नेपालको युवा संगठन संघीय युवा मञ्च वडा कमिटी गठन भएको छ ।

शुक्रवार सम्पन्न भेलाले उपाध्यक्षमा पुजा माङ्युङ, सचिवमा अनिश योङ्हाङ, सहसचिवमा असिम योङ्हाङ र अर्थसचिवमा सोेनि योङ्हाङ् सहित ३५ सदस्यीय कार्यसमिति गठन गरेको छ । उक्त गठन कार्यक्रममा मञ्चका जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, जिल्ला अर्थसचिव योगेस योङ्या, संघीय युवा मञ्च, जिल्ला अध्यक्ष आधार घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

निर्देशक केरूङ सम्मानित

दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...

चुलाचुली गाउँपालिका लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्दै

दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...

झापामा सञ्चार नीति र बजारको प्रभाव विषयक अन्तरक्रिया सम्पन्न

विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...