सरकारविरुद्ध दशैं लगत्तै आन्दोलन गर्छौँ : सभापति देउवा

 लिम्बुवान न्युज
                       

काठमाडौं । कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आन्दोलन गर्ने जनाएकाे छ  ।

काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार काेराेना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गम्भीर नभएको हुँदा दसैं लगत्तै विरोधका कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका छन् ।

काँग्रेसले गठन गरेको काेराेना भाइरस (कोभिड-१९) सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझ्दै सभापति देउवाले दसैं लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताए ।

काेराेना भाइरस संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन रहेको पनि सभापति देउवाको आरोप छ ।

सभापति देउवाले औषधिको व्यवस्था, क्वारेन्टाइन, आइसोलेसन, अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्था गरी उपचार गर्नु सरकारको कर्तव्य भएको तर कुनैपनि काम जिम्मेवारीपूर्वक नगरेको बताए ।

नेपाली काँग्रेसका सह-महामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक प्रकाशसरण महतले सरकार नागरिकको स्वास्थ्य, सुरक्षा र दैनिक जिवनमा परेको आर्थिक सामाजिक कठिनाइप्रति संवेदनशिल नभएको बताएका छन् ।

महतले सरकारलाई जिम्मेवार बनेर काम गर्न अाग्रह गर्दै  कोभिड १९ का कारण नागरिक समस्यामा परेको हुँदा उद्दार र राहतको सुमचित व्यवस्था गर्न र देशको अर्थतन्त्रलाई बचाउन समेत माग गरेका छन् ।

कांग्रेसद्धारा गठित अनुगमन समितिले विभिन्न क्षेत्रका व्यक्ति, स्वास्थ्य विज्ञ र कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा खटिएका व्यक्तिहरुसँग समन्वय गरी अनुगमन गरेको थियो । अनुगमन समितिले कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिदा समेत सरकार गम्भिर नभएकाे निष्कर्ष निकालेकाे छ ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा बन्दैगरेको केवलकार योजना खारेज गर्ने सरकारको तयारी

ताप्लेजुङको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङ क्षेत्रमा निजी क्षेत्रको आइएमई ग्रुपद्वारा करिब ३ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको २.७ किलोमिटर लामो केबलकार परियोजनालाई सरकारले खारेज गर्ने तयारी गरेको छ। स्थानीय याक्थुङ (लिम्बू) समुदायले यस परियोजनालाई आफ्नो...

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...