भूपेन्द्रको निर्देशन र सुमिताको आवाजमा ‘बाचा बन्धन’ सार्वजनिक (भिडियो सहित)

 लिम्बुवान न्युज
                       

माङसेबुङ । पछिल्लो समय क्यामरा समाउदा समाउदै क्यामरा संगै निर्देशनमा समेत छाईरहेका छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्वाहाङफेको निर्देशनमा गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार मुकेश राईको शव्द सृजनामा संगीतकार मान थुलुङ राईको संगीत रहेको भिडियो गायिका सुमिता राईको अफिसियल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।

विश्व लिम्बू, मलाइका बस्नेत र सुजता थुलुङ राईको जिवन्त अभिनय रहेको भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाङफेले गरेका हुन् ।

थैली इन्टरटेन्टमेन्टको प्रस्तुतिमा विमला तामाङको मेकअप, टप सप काठमाडौंको पहिरनमा तयार गरिएको भिडियोमा अनिल रानाले सम्पादन गरेका छन् ।

एल्वम ‘सगुन’मा समावेस गरिएको हरि लम्सालको संगीत संयोजन रहेको गीतलाई एकाष्टिक स्टुडियोमा अजय सिंह कार्कीले रेकर्डिङ गरेका हुन् ।

साथ रहुन्जेल शंकालु नजरले हेरेको प्रेमीको दिर्घ रोगका कारण मृत्यू भए पश्चात पुराना यादहरुमा छटपटिएका प्रेमिकाको पिडाहरु आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई खरुन राईले प्रस्तुत गरेका हुन् ।

भिडियो हेर्नुहोस :

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...