भूपेन्द्रको निर्देशन र सुमिताको आवाजमा ‘बाचा बन्धन’ सार्वजनिक (भिडियो सहित)

 लिम्बुवान न्युज
                       

माङसेबुङ । पछिल्लो समय क्यामरा समाउदा समाउदै क्यामरा संगै निर्देशनमा समेत छाईरहेका छायाँकार तथा निर्देशक भुपेन्द्र तुम्वाहाङफेको निर्देशनमा गायिका सुमिता राईको सुमधुर आवाजमा सजिएको मनछुने गीत ‘बाचा बन्धन’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार मुकेश राईको शव्द सृजनामा संगीतकार मान थुलुङ राईको संगीत रहेको भिडियो गायिका सुमिता राईको अफिसियल युट्यूवच्यानलबाट सार्वजनिक गरिएको हो ।

विश्व लिम्बू, मलाइका बस्नेत र सुजता थुलुङ राईको जिवन्त अभिनय रहेको भिडियोको छायाँकन भुपेन्द्र तुम्बाहाङफेले गरेका हुन् ।

थैली इन्टरटेन्टमेन्टको प्रस्तुतिमा विमला तामाङको मेकअप, टप सप काठमाडौंको पहिरनमा तयार गरिएको भिडियोमा अनिल रानाले सम्पादन गरेका छन् ।

एल्वम ‘सगुन’मा समावेस गरिएको हरि लम्सालको संगीत संयोजन रहेको गीतलाई एकाष्टिक स्टुडियोमा अजय सिंह कार्कीले रेकर्डिङ गरेका हुन् ।

साथ रहुन्जेल शंकालु नजरले हेरेको प्रेमीको दिर्घ रोगका कारण मृत्यू भए पश्चात पुराना यादहरुमा छटपटिएका प्रेमिकाको पिडाहरु आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई खरुन राईले प्रस्तुत गरेका हुन् ।

भिडियो हेर्नुहोस :

सम्बन्धित समाचार

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...

धरानका मेयर हर्क साम्पाङ भन्छन ‘इलाम जाग्नु पर्याे’

इलाम, माङसेबुङ ६ । मुढा चुनाव चिन्ह लिएका इलाम—२, उपनिर्वाचनको साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको आज –मंगलबार० माङ्सेबुङ्ग—६ चिसोपानी पञ्चमी बजारमा भब्य चुनावी सभा समापन भएको छ । चुनावी सभाको प्रमुख अतिथि रहेका धरान...

दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमक । झापाको दमकमा पहिचानको सवालमा याक्थुङ युवाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम तथा २०८१ सालको पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार झापाको दमकमा अवस्थित किरात भवनमा पहिचान र अस्तित्व वचाऔं, सम्पुर्ण याक्थुङ युवाहरु...