संघीय तमुवान मञ्चको कास्कीमा आले र कलाकार मञ्चमा बिष्ट चयन

 लिम्बुवान न्युज
                       

पोखरा। पहिचानसहितको १०+१ प्रान्त स्थापनाको मुल मुद्दा बोकेको आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तगर्त संघीय तमुवान मञ्च, नेपाल जिल्ला समिति कास्की र संघीय तमुवान कलाकार मञ्च घोषणा गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिव तथा संघीय तमुवान मञ्च नेपालका अध्यक्ष गजेन्द्र लिम्बुले तमुवान मञ्च नेपाल जिल्ला कार्य समिति कास्की र साँस्कृतिक मञ्च तमुवान घोषणा गरेका हुन ।

तमुवान मञ्च कास्की र कलाकार मञ्च तमुवानको घोषणा गर्दै कार्यक्रमका प्रमुख अतिथि पहिचानवादी नेता गजेन्द्र लिम्बुले पहिचानसहितको संघीयता स्थापित नहुञ्जेल वास्तविक नेपाली राष्ट्रिय स्वाभिमान स्थापित नहुने बताए । प्रसासनिक संघीयताले संघीयताकै खिल्ली उडाइरहेको हुनाले संघीयता स्थापित गर्नका लागि सबै जुट्न आग्रह गर्दै अब कास्की र तमुवानमा पहिचानको अभियानमा सशक्त रुपले अघि बढाउने घोषणा गरे ।

पहिचानको आन्दोलनलाई शसक्त बनाउन घोषित तमुवान मञ्च नेपाल कास्की जिल्ला अध्यक्षको जिम्मेवारी सन्तोष आले मगरले पाएका छन् । १७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा खगेन्द्र छन्त्याल, अर्थसचिवमा अम्मर छन्त्याल, सदस्यहरुमा भुपाल लिम्बु, लक्ष्मण लिम्बु, सरिता गुरुङ, यामबहादुर राना, सुरज गुरुङ, बलेन्द्र बिक, केदार नेपाली, मुना थापा मगर, मुनाकुमारी थापा, शिला रोका मगर, मनबहादुर बुढा र स्याम घर्ती रहेका छन् ।

यसरी नै शनिवार घोषित १३ सदस्यीय संघीय साँस्कृतिक कलाकार मञ्च तमुवानको संयोजकमा राजेन्द्रबहादुर बिष्ट सर्वसम्मतले चयन भएका छन् । कलाकार मञ्चको सहसंयोजकमा धनबहादुर लिम्बु, सदस्यहरुमा मुना थापा, जितबहादुर परियार, लक्ष्मी परियार, दुर्गाबहादुर परियार, धनबहादुर पुन, शिला रोका मगर, मुनाकुमारी थापा, गिता थापा, जुना विक, कमलबहादुर कार्की र शिला थापा रहेका छन् । कार्यक्रम पोखराको होटल दिप सागरमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...