संघीय तमुवान मञ्चको कास्कीमा आले र कलाकार मञ्चमा बिष्ट चयन

 लिम्बुवान न्युज
                       

पोखरा। पहिचानसहितको १०+१ प्रान्त स्थापनाको मुल मुद्दा बोकेको आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तगर्त संघीय तमुवान मञ्च, नेपाल जिल्ला समिति कास्की र संघीय तमुवान कलाकार मञ्च घोषणा गरिएको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय सचिव तथा संघीय तमुवान मञ्च नेपालका अध्यक्ष गजेन्द्र लिम्बुले तमुवान मञ्च नेपाल जिल्ला कार्य समिति कास्की र साँस्कृतिक मञ्च तमुवान घोषणा गरेका हुन ।

तमुवान मञ्च कास्की र कलाकार मञ्च तमुवानको घोषणा गर्दै कार्यक्रमका प्रमुख अतिथि पहिचानवादी नेता गजेन्द्र लिम्बुले पहिचानसहितको संघीयता स्थापित नहुञ्जेल वास्तविक नेपाली राष्ट्रिय स्वाभिमान स्थापित नहुने बताए । प्रसासनिक संघीयताले संघीयताकै खिल्ली उडाइरहेको हुनाले संघीयता स्थापित गर्नका लागि सबै जुट्न आग्रह गर्दै अब कास्की र तमुवानमा पहिचानको अभियानमा सशक्त रुपले अघि बढाउने घोषणा गरे ।

पहिचानको आन्दोलनलाई शसक्त बनाउन घोषित तमुवान मञ्च नेपाल कास्की जिल्ला अध्यक्षको जिम्मेवारी सन्तोष आले मगरले पाएका छन् । १७ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा कोपिला गुरुङ, सचिवमा खगेन्द्र छन्त्याल, अर्थसचिवमा अम्मर छन्त्याल, सदस्यहरुमा भुपाल लिम्बु, लक्ष्मण लिम्बु, सरिता गुरुङ, यामबहादुर राना, सुरज गुरुङ, बलेन्द्र बिक, केदार नेपाली, मुना थापा मगर, मुनाकुमारी थापा, शिला रोका मगर, मनबहादुर बुढा र स्याम घर्ती रहेका छन् ।

यसरी नै शनिवार घोषित १३ सदस्यीय संघीय साँस्कृतिक कलाकार मञ्च तमुवानको संयोजकमा राजेन्द्रबहादुर बिष्ट सर्वसम्मतले चयन भएका छन् । कलाकार मञ्चको सहसंयोजकमा धनबहादुर लिम्बु, सदस्यहरुमा मुना थापा, जितबहादुर परियार, लक्ष्मी परियार, दुर्गाबहादुर परियार, धनबहादुर पुन, शिला रोका मगर, मुनाकुमारी थापा, गिता थापा, जुना विक, कमलबहादुर कार्की र शिला थापा रहेका छन् । कार्यक्रम पोखराको होटल दिप सागरमा सम्पन्न भएको हो ।

सम्बन्धित समाचार

पत्रकार महासंघकाे महाधिवेशन आजदेखि काठमाडौंमा सुरुः दुइ दिन चल्ने

ललितपुर, २१ वैशाख । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । महाधिवेशन आज र भोलि गरी २ दिनसम्म चल्ने बताइएकाे छ । बिहान ८ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभागृहमा महाधिवेशन...

पहिचानवादीहरुले गरे मतदातालाई धन्यवाद ज्ञापन

दमक, १९ बैशाख । पहिचान पक्षधरले इलाम-२ मा सम्पन्न उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेका छन । बुधबार प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिमा आबद्व विभिन्न...

पहिचानवादिका साझा उम्मेद्वार डकेन्द्रले गरे मतदान

बैशाक १५, इलाम । इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुमको आमचोकस्थित सिंहदेबि मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले बिहानको ७ बजे सिंहदेबी मा.बि. शुक्रबारे (क)मा मतदान...

पहिचानवादीले माङ्सेबुङमा गरे साढे पाँच किलोमिटर र्यालीपछि वृहत चुनावी सभाः मुढाको माहोल झन बढ्दै

इलाम, माङसेबुङ । इलाम—२ को उपनिर्वाचनको लागि हातले बनेको मुढा चुनाव चिन्ह लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूको माहोल झनझन बढ्दै गएको छ । यसै क्रममा सोमबार इलामको माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा समर्थक÷शुभचिन्तकहरुले साढे पाँच...