नेकपा र कांग्रेस परित्याग गर्दै लिम्बुवान मञ्चमा प्रवेशकाे जनलहर

 लिम्बुवान न्युज
                       

पाँचथर । पाँचथरमा केही दिन देखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेशकाे जनलहर आइरहेकाे छ । साेमबार मात्र पाँचथरकाे फिदीम नपा १० याङनाममा १ सय ७६ जना नेकपा र कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु संघीय लिम्बुवान मञ्च नेपालमा प्रवेश गरेका छन् ।

फिदिम १० याङ्नाममा संघीय लिम्बुवान मञ्च, नेपाल वडा कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काँग्रेस र कम्युनिस्ट पार्टीहरुले लिम्बुवान स्वायत्त राज्य नस्विकारेकाे पहिचान सहितकाे संघीयतामा सबै जाती, समुदाय र वर्गलाइ समेट्न नसकेकाे  सत्ता चलाइरहेकाे दल र प्रतिपक्षी दलले १०+१ प्रान्त स्थापना गर्न  नसक्ने बताउँदै अहिले गाउँगाउँमा सिंहदरबार ल्याउने सपना बाढ्दै भ्रष्टचारमा लिप्त भएका दलहरूबाट देशमा परिवर्तन हुन नसक्ने निष्कर्श निकालेर पार्टी परित्याग गरेको नवप्रवेशीहरुले बताएका छन् । प्रवेश गर्नेहरुमा अधिकांश युवायुवतीहरु रहेका छन् ।

उक्त प्रवेश कार्यक्रममा जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, युवा नेता मधुराज केरुङ, युवा मञ्चका जिल्ला अध्यक्ष आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ, सहसचिव महेन्द्र हाङ्सरुम्बा, बिद्यार्थी नेता रिवाज थाम्सुहाङ, मनेन्द्र केरुङ लगायतको उपस्थिति रहेको थियो ।

संघीय लिम्बुवान मञ्च, नेपाल संघीय लाेक्तान्त्रिक राष्टिय मञ्चकाे १०+१ प्रान्तीय मञ्चहरू मध्येकाे एक मञ्च हाे । लिम्बुवान मञ्च अरुण सप्तकोशी पूर्वको नौ जिल्लालाई विगत ढेड दशक देखि लिम्बुवान स्वायत्त राज्य स्थापना गर्नु पर्छ भन्ने सरकारसँग माग राख्दै विभिन्न समयमा आन्दोलनहरु गर्दै आईरहेको राजनैतिक पार्टी हो ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...