नेकपा र कांग्रेस परित्याग गर्दै लिम्बुवान मञ्चमा प्रवेशकाे जनलहर

 लिम्बुवान न्युज
                       

पाँचथर । पाँचथरमा केही दिन देखि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेस परित्याग गरि लिम्बुवान मञ्चमा प्रवेशकाे जनलहर आइरहेकाे छ । साेमबार मात्र पाँचथरकाे फिदीम नपा १० याङनाममा १ सय ७६ जना नेकपा र कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरु संघीय लिम्बुवान मञ्च नेपालमा प्रवेश गरेका छन् ।

फिदिम १० याङ्नाममा संघीय लिम्बुवान मञ्च, नेपाल वडा कार्यसमितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा काँग्रेस र कम्युनिस्ट पार्टीहरुले लिम्बुवान स्वायत्त राज्य नस्विकारेकाे पहिचान सहितकाे संघीयतामा सबै जाती, समुदाय र वर्गलाइ समेट्न नसकेकाे  सत्ता चलाइरहेकाे दल र प्रतिपक्षी दलले १०+१ प्रान्त स्थापना गर्न  नसक्ने बताउँदै अहिले गाउँगाउँमा सिंहदरबार ल्याउने सपना बाढ्दै भ्रष्टचारमा लिप्त भएका दलहरूबाट देशमा परिवर्तन हुन नसक्ने निष्कर्श निकालेर पार्टी परित्याग गरेको नवप्रवेशीहरुले बताएका छन् । प्रवेश गर्नेहरुमा अधिकांश युवायुवतीहरु रहेका छन् ।

उक्त प्रवेश कार्यक्रममा जिल्ला उपाध्यक्ष जितेन चेम्जोङ, युवा नेता मधुराज केरुङ, युवा मञ्चका जिल्ला अध्यक्ष आधार घिमिरे, सचिव रामचन्द्र नेम्बाङ, सहसचिव महेन्द्र हाङ्सरुम्बा, बिद्यार्थी नेता रिवाज थाम्सुहाङ, मनेन्द्र केरुङ लगायतको उपस्थिति रहेको थियो ।

संघीय लिम्बुवान मञ्च, नेपाल संघीय लाेक्तान्त्रिक राष्टिय मञ्चकाे १०+१ प्रान्तीय मञ्चहरू मध्येकाे एक मञ्च हाे । लिम्बुवान मञ्च अरुण सप्तकोशी पूर्वको नौ जिल्लालाई विगत ढेड दशक देखि लिम्बुवान स्वायत्त राज्य स्थापना गर्नु पर्छ भन्ने सरकारसँग माग राख्दै विभिन्न समयमा आन्दोलनहरु गर्दै आईरहेको राजनैतिक पार्टी हो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...